खेलकुद

नेपालले पहिलो खेल ओमनसँग खेल्ने

थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग...बाँकी

आजबाट हेटौंडामा राष्ट्रिय हक्की

हेटौंडा– हेटौंडामा आजबाट प्रथम सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता सुरु हुने भएको छ । नेपाल हक्की संघ काठमाडौंको आयोजनामा दंगा प्रहरी नियन्त्रण गण हेटौंडा–११ मा प्रतियोगिता हुन लागेको हो । मकवानपुर हक्की संघको आतिथ्यतामा हुन लागेको प्रतियोगितामा ५ वटा प्रदेशका खेलाडीसहित नेपाल आर्मी क्लबाट पनि पनि खेलाडी सहभागी...बाँकी

बाग्मती गोल्डपक : मध्यपुरमाथि आर्मीको सहज जित

नेपाल आर्मी क्लबले मध्यपुर युथ एसोसिएसन थिमीमाथि सहज जित हात पारेको छ । पूर्वी मकवानपुरको बाग्मतीमा जारी दोस्रो राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगितामा ३–० गोल अन्तरले मध्यपुरलाई पछि पार्दै आर्मीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । खेलकुद विकास समिति बागमती गाउँपालिकाको आयोजनामा जारी प्रतियोगितामा आर्मीले सेमिफाइनल प्रवेशका लागि बीएफसी...बाँकी

विश्व नम्बर दुई केरबेर र सारापोभाको अस्ट्रेलिया यात्रा समाप्त

रसियन सुन्दरी मारिया सारापोभा आइतबार अस्ट्रेलियन ओपनको अन्तिम १६ बाट बाहिरिँदा विश्व नम्बर दुई एन्जेलिक केरबेर पनि त्यो भन्दा अगाडि बढ्न सकिनन् । ३१ वर्षिया सारापोभा १५औं वरियताप्राप्त अस्ट्रेलियाकी एश्लेइघ बार्टेसँग २–१ को सेटमा पराजित भएकी हुन् । डोपिङ काण्डमा परेपछि लय समाउन संघर्ष गरिरहेकी सारापोभाले पहिलो सेट जिते पनि...बाँकी

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–२ गोलअन्तरको जित निकालेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले यसअघिको पहिलो लेगमा भने २–१ गोलअन्तरको हार ब्यहोरेको थियो । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको जितमा...बाँकी

नेपाल स्म्यासको फाइनलमा प्रवेश

नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो। नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो। इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। नेपालले ५...बाँकी

नेपाल समूह विजेता

आयोजक थाइल्याण्डको ए टोलीमाथि ९ विकेटको जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ट्वान्टी–२० स्म्यासमा समुह ए को बिजेता बनेको छ । एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको नेपाल समुहको अन्तिम खेलमा थाइल्याण्ड ए बिरुद्ध ९ विकेटको सहज जित निकाल्दै समुह बिजेता बनेको हो । शतप्रतिशत नतिजालाई लम्बाएको नेपालले सेमिफाइनलमा...बाँकी

चार सय गोल पुरा गर्ने पहिलो खेलाडी मेस्सी

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा आफ्नो चार सय गोल पूरा गरेका छन्। लिग लिडर बार्सिलोनाले सोमबार बिहान खेलिएको खेलमा प्रतिद्वन्द्वी इबरलाई हराउँदा मेस्सीले यो सफलता हात पारेका हुन्। इबरबिरुद्ध मेस्सीले एक गोल गरेका थिए । मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। ३१ वर्षीय मेस्सीले ला लिगामा बार्सिलोनाका...बाँकी