खेलकुद

बिश्वकपको उपाधि फ्रान्सको पोल्टामा

विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै ४–२ को जितसहित दोस्रो पटक उपाधि उचालेको हो । फ्रान्सले यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको थियो...बाँकी

कसको पोल्टामा जाला बिश्वकपको उपाधि ?

विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका...बाँकी

क्रोएसिया पहिलो पटक विश्व कपको फाइनलमा, इङ्ल्यान्ड पराजित

क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो । १–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया...बाँकी

बिश्वकप झन् रोचक : ब्राजिल पनि घर फर्कियो

बेल्जियमसँग २–१ ले पराजित हुँदै दाबेदार ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो हाफमै २ गोल खान पुगेपछि विश्वकपबाट बाहिरिएको हो । दोस्रो हाफमा एक गोल फर्काए पनि विश्वकपमा अगाडि बढ्न ब्राजिलका लागि पर्याप्त भएन । बेल्जियमलाई अन्तिम ४ अर्थात् सेमिफाइनलमा लैजाने...बाँकी

उरुग्वे घर फर्कियो

पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो। खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेका दुवै टोलीले लगातार पोस्ट आक्रमण गरेका थिए। लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको १६औं...बाँकी

तेस्रो प्रधानमन्त्रीकप विश्वविद्यालय खेलकुद आजदेखि हुँदै

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद आज देखि शुरु हुँदैछ । प्रतियोगितामा पुरुष/महिलाभलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार विधामा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जानकारी दिए । भलिबलमा दुई, ब्याडमिन्टन र टेबल टेनिसमा चार–चार तथा...बाँकी

विश्वकप विश्लेषण : फरक शैली, नचिताएको नतिजा

 प्रारम्भिक चरणमा रक्षात्मक खेल नीतिका कारण बलिया टोलीले भोग्नुपरेको दबाब, तुलनात्मक रूपमा कमजोर मानिएका टोलीहरूको लोभलाग्दो प्रदर्शन, साविक विजेतासँगै उपाधि दाबेदार मानिएका टोलीहरूको शीघ्र बहिर्गमन, अनि विश्व फुटबलमा स्थापित केही खेलाडीको अन्तिम सहभागिता र नयाँ पुस्ताको उदय। प्रि–क्वार्टर फाइनल चरणका खेलहरूले बिट मार्दासम्म यिनै पक्षहरू रुसमा जारी विश्वकप फुटबलको २१औं...बाँकी

मेक्सिकोलाई हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । यो सँगै ब्राजिल विश्वकपमा लगातार सातौँ पटक क्वार्टर फाइलनमा पुगेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि...बाँकी