खेलकुद

सम्सद शेखको छक्का प्रहारपछि टीम चौराहा डीपीएलको फाइनलमा

धनगढीको टीम चौराहा धनगढी प्रिमियर लिग ९डीपीएल० को फाइनलमा पुगेको छ । रोमाञ्चक खेलमा काठमाडौं गोल्डेनलाई १ विकेटले पराजित गर्दै चौराहा फाइनल प्रवेश गरेको हो । मंगलबार भएको क्वालिफायर चरणको खेलमा काठमाडौं गोल्डेन्सले दिएको १२८ रनको लक्ष्य टीम चौराहाले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो । अन्तिम ओभरको...बाँकी

विराट गोल्डकप :संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने

  चैत २४ – विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ । प्रतियोगिता अन्तर्गत हिजोको खलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर को सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११...बाँकी

जिल्ला फुटबल संघमा लामा

मकवानपुर जिल्ला फुटबल संघको जिल्ला अधिवेशनले टिका लामाको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्माण गरेको छ । आज हेटौँडामा भएको अधिवेशनले लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । पटक—पटकको विवाद पछि भएको अधिवेशनले आज भने मान्यता पाएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा अजय मानन्धर, तृतिय...बाँकी

रोनाल्डोको उत्कृष्ट गोलसँगै रियल ३ – ० ले विजयी

च्याम्पियन्स  लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल मड्रिडले युभेन्टसलाइ ३–० गोलले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले एक शुन्यको अग्रता लिएको थियो ।...बाँकी

बारामा कोल्भी गोल्डकप शुरु

जनशक्ति कल्ब कोल्हवीको आयोजनमा प्रथम कोल्हवी गोल्डकप २०७४ बिहीबारबाट शुरु भएको छ । प्रथम कोल्हवी गोल्डकपको पहिलो दिनको उद्घाटनमा एपिएफ पिलुवा बिच एफसि बैंखरी महोतरीबीच खेल भएको छ । जनशक्ति कल्ब कोल्हवी ( आयोजक ), नेपाल पुलिस भरतपुर, एफसि हेटौडा, निजगढ युवा कल्ब , बिरगंज युथ कल्ब , नव जन...बाँकी

डीपीएलका सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बुट

धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल-२) क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ ।आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिए । आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई...बाँकी

म्यानचेस्टर सिटीको साँघुरो जित

एजेन्सी । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई १ – ० ले पराजित गरेको हो । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन एक मात्र गोल रहिम स्ट्रलिङले गरेका थिए । पहिलो हाफको ३१...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी