खेलकुद

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी

बुलेटमा सँगसँगै, ब्यालेटमा अलगअलग

माओवादी जनयुद्धमा एकमात्र महिला ब्रिगेड कमाण्डर रहेकी गोरखाकी कमला नहर्की र अनेरास्ववियू क्रान्तिकारीका नेता हरिशरण आचार्य युद्धका बेला एउटै पार्टीमा रहेर काम गरे। ०७२ असोज ९ गते बाबुराम भट्टराईले माओवादी पार्टी परित्यागको घोषणा गरेसँगै आचार्य पनि भट्टराईसँगै नयाँ शक्तितिर लागे। युद्धका यी सहयात्रीहरु अहिले भने एउटै निर्वाचन क्षेत्रमा एकअर्काविरुद्ध चुनाव...बाँकी

निर्वाचनमा वाइसिएलको ‘एक बुथ १००

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालले शनिबार छ हजार ७४३ वडामा वडा सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ सम्पन्न गरिएको संगठनका अध्यक्ष रामप्रसाद सापकोटाले बताए। आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्यनजर गर्दै देशभरका वडा सम्मेलन सम्पन्न गरिएको सापकोटाले बताए। निर्वाचनका लागि शान्तिपूर्ण...बाँकी

नयाँशक्तिका प्रस्तावित उम्मेदवार नै माओवादी केन्द्रमा

गोर्खा गृहजिल्ला भएका नेता–कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेपछि नयाँशक्तिका संयोजक बाबुराम भट्टराईको चुनावी अभियान संकटमा पर्न थालेको छ। आइतबारमात्र पार्टीका अर्का नेता नयाँशक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँशक्तिका केन्द्रीय परिषद सदस्य बासु पोखरेल पार्टी परित्याग गरी माओवादी केन्द्रमा फर्किएका हुन्। गोर्खा सिरानचोकका पोखरेल नयाँशक्तिका तर्फबाट काठमाडौँ...बाँकी

किन टुङ्गिएन पाँच जिल्लामा वामगठबन्धनको उम्मेदवारी?

समानुपातिक उम्मेदवारको अन्तिम नामावली पेश गर्नुपर्ने अघिल्लो दिनसम्म एमाले र माओवादी केन्द्र ७२ जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्ग्याउन सफल भएका छन्। तर पाँच जिल्लामा दुवै पार्टीका नेताहरुको व्यवस्थापन र दुवै पार्टीको समान रुपमा दावी गरेका क्षेत्रका कारण अन्तिम टुंगो लाग्न सकेको छैन। आइतवार विहानसम्म टुंगो लाग्न बाँकी जिल्ला हुन्, सल्यान, चितवन,...बाँकी

उम्मेदवार छनोट गर्न एमालेको स्थायी समिति बैठक जारी

दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र बाँडफाँड र उम्मेदवार छनोटका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक जारी छ। बैठक पार्टी उपाध्यक्ष वामदेव गौतमको निजी निवास भैंसेपाटीमा बसिरहेको छ। बैठकमा कार्यदलले तयार पारेको सुचीमाथि छलफल भइरहेको छ। यस्तै, दलहरुले गत २८ गते निर्वाचनमा पेस गरेको समानुपातिक...बाँकी

बेल्ट एण्ड रोड इनिसिएटिभ्स् पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा

कङ श्वाङ चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स् (बीआरआई) लाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समावेश गरेको छ। बेइजिङमा मंगलबार सम्पन्न पार्टीको १९औं महाधिवेशनका दौरान चिनियाँ कम्युनिष्ट पार्टीको विधानको संशोधित मस्यौदालाई पारित गर्दै चीनले अघि सारेको यस अभियानलाई पार्टी विधानमा समावेश गरेको चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले बताए। पार्टी विधानमै समावेश गरिएपछि...बाँकी

सुधार तथा खुलापन चीनका लागि निर्णायक कदमः सी

‘म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएँ। यो मेरो कामप्रति समर्थन मात्रै नभएर मेरो लागि प्रेरणा पनि हो’, ग्रेटहल अफ द पिपुल्समा बुधबार सहकर्मी नेताहरूका साथ उपस्थित भएका राष्ट्रपति सी जिन फिङले भने। एक साता लामो पार्टीको १९औं महाधिवेशनपछि बुधबार चिनियाँ तथा विदेशी पत्रकारहरू सामु बेइजिङमा साक्षात्कार कार्यक्रम आयोजना...बाँकी