मकवानपुरको बकैयामा जारी माझी समुदायका खेलाडी बीचको प्रथम राष्ट्रिय माझी गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि रामेछापले हात पारेको छ । प्रतिष्पर्धात्मक फाईनल खेलमा सिन्धुलीलाई टाईब्रेकरमा ३—० ले हराउँदै प्रथम माझी गोल्ड कपको उपाधि रामेछापले चुमेको हो । माझी उत्थान समाज मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको शनिवार भएको फाईन खेलको निर्धारित समय...बाँकी
रेडियो सन्देश १०६.९ मेगाहर्जको वार्षिकात्सवको अवसरमा हेटौंडामा भएको जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिता अन्तर्गत आज बिहान ४ खेल सम्पन्न भएको छ । बिहिबार बिहान भएको पहिलो खेलमा रेडियो मकवानपुर बिजयी भएको छ । रेडियो मकवानपुरले पत्रकार महासंघ मकवानपुरलाई ६–१ ले पराजित गरेको हो । त्यस्तै रेडियो सरोबर र रेडियो बुलेटिन...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा जारी टोल विकास संस्था स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा आदर्श टोल विकास संस्थाले प्रगति टोलविकास संस्थालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा आदर्श टोलकातर्फबाट जर्सी नम्बर १७ का विनोद खड्काले २० औ“ मिनेटमा पहिलो गोल गरे तर खेलको...बाँकी
हेटौंडा ९ मा जारी दोस्रो टोल विकास स्तरिय सेभेन ए साइड फुटबल प्रतियोगितामा साबिक उपबिजेता दिब्यपथ टोलले उत्कृष्ट जित हासिल गरेको छ । आज बिहान भएको खेलमा दिब्यपथ टोलले लामसुरे हाइट टोललाई ४-० को फराकिलो गोलअन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो हाफमा १-० गोलअन्तरको अग्रता कायम...बाँकी
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं। ९ मा भोली अर्थात असोज ७ गते मंगलबारदेखि टोल विकास संस्था स्तरीय सेभेन ए सईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । नजिकिँदै गरेको चार्ड विजया दशमी, शुभ दिपावली र छठ पर्वलाई लक्षित गर्दै मकवानपुर बेरोजगार युवा संगठन र टोलविकास संस्था वडा समन्वय समितिको संयुक्त...बाँकी
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन९पिएसजी०ले नेइमारको गोलमा लियोनमाथि जित दर्ता गरेको छ। आइतबार भएको खेलमा नेइमारले टोलीका लागि निर्णायक गोल गर्दै जित दिलाएका हुन्।उनले खेलको ८७ औं मिनेटमा गोल गरेका हुन्। जितसँग अंक तालिकामा पिएसजीले १५ अंक जोड्दै दोश्रो स्थानमा रहेको एन्गर्ससँग ३ अंकको दुरी कायम गरेको छ। बार्सिलोना...बाँकी
हेटौंडाः बक्सिङ मकवानपुरमा दिपेश जोशी चयन भएका छन् । शनिबार भएको आठौं अधिवेशनबाट जोशीको नेतृत्वमा आठ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको कार्य समितिको उपाध्यक्ष उज्वल शर्मा भण्डारी, सचिवमा भाजुरत्न शाक्य, कोषाध्यक्षमा राजन सिल्पकार,सदस्यहरुमा मदन कृष्ण मानन्धर, प्रितम राना मगर, रुपा विडारी र रमा देवकोटा चयन भएको हो ।...बाँकी
हेटौंडा : १३औं सागका लागि कुस्ती खेलको बन्द प्रशिक्षणमा सहभागी ४० मध्ये २८ जना खेलाडी दोस्रो चरणका लागि छनोट भएका छन्। शनिबार भएको छनोट प्रतियोगिताबाट १२ जना बाहिरिएका हुन्। देशभरबाट छनौट भएका कुस्ती खेलाडीहरु एक महिनादेखि हेटौंडामा बन्द प्रशिक्षणमा थिए। बन्द प्रशिक्षणमा सहभागी २०जना पुरुष र २० जना महिला मध्येबाट...बाँकी