विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् । बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाए नेपाललाई बधाई सन्देश

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा...बाँकी

विश्‍वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या तीन करोड ५९ हजार ८ सय ९६ रहेको छ...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको बीबीसीले उल्लेख गरेको छ । भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ...बाँकी

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो, प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ । कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी एक...बाँकी

कतारबाट ३०३ नेपाली स्वदेश फर्के

अनिल पराजुली, कतार । कतारको दोहाबाट काठमाडौंको लागि शनिवार दुई उडान मार्फत ३ सय ३ जना नेपालीहरू स्वदेश फर्केका छन् । नेपाल एयरलाइन्सको उडान मार्फत १ सय ४९ र हिमालय एयरलाइन्सको उडानबाट १ सय ५४ जना नेपालीहरु स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको...बाँकी

विश्वमा कोरोना संक्रमितबाट मृत्यु हुने ६ लाख पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या तीब्र रुपले बढेको देखिएको छ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ४३१ जनाले कोरोनाका कारण मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । शनिबार बिहानसम्मको तथ्याङ अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख...बाँकी

विश्वमा कोरोना संक्रमित १ करोड २३ लाख ८६ हजार नाघे

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार नाघेको छ । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार २ सय ७४ पुगेको छ। यसैगरि पछिल्लो २४ घण्टामा कारोना संक्रमणको कारण ५ हजार...बाँकी