विश्व

को हुन् राजकुमारी हया, जोसँगको बिछोडमा कविताहरु लेखिरहेका छन् दुबईका शासक

‘अब भन्न केही बाँकी छैन । तिम्रो यो घातक मौनताले मलाई तनावमा पारेको छ ।’ प्रेमिकाको कथित धोकामाथि लेखिएका यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यसका सर्जक हुन् दुबईका शासक शेख मोहम्मद अल मकतूम । उनकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन दुबई छोडेर लण्डन गएकी छिन्...बाँकी

पानीमुनि बन्यो होटल, ओछ्यानमा सुतेर माछा हेर्न मिल्ने

कोरल रीफ (मुँगाको चट्टान) हेर्नका लागि मानिसहरूले स्कूबा डाइभिङ गर्नुपर्ने हुन्छ । तर अब यी चट्टानहरू होटलमा बसेर हेर्न सकिने भएको छ । अस्ट्रेलियाको प्रसिद्ध ग्रेट ब्यारियर रीफमा पानीमुनि होटल बनाइएको छ । होटलमा बसेर पर्यटकहरूले मुँगाको चट्टानको ३६० डिग्री दृश्य देख्न पाउने भएका छन् ।  मानिसहरू आफ्नो बेडरूमबाट राति माछा...बाँकी

‘क्लब हिरो’ लाम्पार्ड चेल्सीका नयाँ म्यानेजर

फ्राङ्क लाम्पार्ड प्रिमियर लिग क्लब चेल्सीका नयाँ म्यानेजर नियुक्त भएका छन् । माउरिजियो सारीले क्लब छाडेपछि क्लबका पूर्व खेलाडी समेत रहेका लाम्पार्ड नयाँ म्यानेजरका रुपमा नियुक्त भएका हुन् । लाम्पार्ड यसअघि डर्बीको म्यानेजर रहेका थिए । डेली मेलका अनुसार चेल्सीले लाम्पार्डलाई भित्र्याउन ४० लाख पाउण्ड खर्च गर्नु परेको छ । चेल्सीमा...बाँकी

अब हावाबाटै चल्ने बाइक , ५ रुपैयाँमा ४० किलोमिटर यात्रा !

 ट्यांकीमा पेट्रोल होइन हावा भरेर हावाबाटै चल्न बाइकको आविष्कार गरिएको छ । भारत लखनउका एक वैज्ञानिकले एअर बाइकको आविष्कार गरेका हुन् । उनले करिब ९ वर्ष पहिला एउटा एअर इन्जनको आविष्कार गरेका थिए । जुन अहिले आएर एअर बाइकको रुप लिएको छ । यो आविष्कारले बढ्दो ग्लोबल वार्मिङ समस्यासँगै आम...बाँकी

जापानमा भारी वर्षा, ८ लाख मानिसलाई अन्यत्र सारिँदै

जापानमा भारी वर्षाका कारण तीन वटा सहरका ८ लाख मानिसलाई बाढी र पहिरो आउन सक्ने भन्दै अन्यत्र सर्न निर्देशन दिइएको छ । कागोशिमा, किरिसिमा एण्ड अइरा तथा क्युशु दीपका मानिसलाई त्यहाँबाट तत्काल सर्न आग्रह गरिएको हो  । कागोशिमाकी एक वृद्ध महिलाको हिलो घरमा पस्दा मृत्यु भएको छ । प्रधानमन्त्री शिन्जो...बाँकी

चौकीमा आक्रमणपछि झडप, ६ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताउनु भएको छ । तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिएका छन् । सोमबार रातीबाट शुरु...बाँकी

सम्बन्धविच्छेद लिएपछि कस्तो महसुस हुन्छ ?

आफ्नो ल्यापटपको स्क्रिन अगाडि बसेकी रचेल अचानक रुन थाल्छिन् । सन् २०१८ को त्यो दिन उनको घर अँध्यारो र शान्त थियो । सबैकुरा भिन्न थिए । २८ वर्षकी रेचल आफ्नो श्रीमान्सँग यसअघि यसै घरमा बस्थिन् तर अब उनी एक्लै छिन् । उनी बसेको घरबाट ३ सय २१ किलोमिटर टाढा उनका...बाँकी

प्रहरी चौकीमा बन्दुकधारीको लआक्रमण, चार प्रहरीको मृत्यु

नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ। यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार...बाँकी