विश्व

जम्मु कश्मिरमा बस दुर्घटना, ३३ जनाको मृत्यु, २२ जना घाईते

भारतको जम्मु कश्मीरमा रहेको किश्तवाड जिल्लामा सोमवार बस अनियन्त्रित भएर दुर्घटना भएको छ । दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ । डेपुटी कमिस्नर अंग्रेज सिंह राणाका अनुसार, दुर्घटनामा २२ यात्रु घाइते भए । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । बस केशवानबाट किश्तवाड जाँदै थियो । बसमा ५५ यात्रु थिए ।...बाँकी

विमानस्थलको ह्याङ्गरमा जहाज ठोक्किँदा १० को मृत्यु

अमेरिकास्थित टेक्ससको म्युनिसिपल विमानस्थलमा हवाईजहाज ह्याङ्गरमा ठोक्किँदा १० को मृत्यु भएको छ। सोमबार बिहान विमानस्थलबाट उड्ने क्रममा ह्याङ्गरमा ठोक्किँदा दुर्घटना भई आगो लागेको अधिकारीहरुले बताएका छन्। यस दुर्घटनामा कसैको पनि ज्यान बचाउन नसकेको म्युनिसिपल विमानस्थलका प्रवक्ता मेरी रोजेनविल्थले बताए। प्रत्यक्षदर्शीका अनुसार केही क्षण उडेपछि बिचक्राफ्ट बिई–३५० किङ्ग एयर एक्कासी एकातर्फी...बाँकी

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९८ वर्ष : पार्टीका सदस्य नौ करोड

 चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८...बाँकी

उत्तर कोरिया पुग्ने पहिलो राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ। उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो। आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित...बाँकी

विश्वभर तरङ्ग मच्चाउने तस्विर, दबाबमा अमेरिका

 रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ । सिनेटले अमेरिका प्रवेश गर्न चाहने शरणार्थीका कारण सीमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका लागि आर्थिक सहायता सम्बन्धी विधेयक पारित गरेको हो । अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको...बाँकी

अमेरिकी विदेशमन्त्री दिल्लीमाः दिउसो विरोध, राति स्वागत

अमेरिकी विदेशमन्त्री माइक पम्पेओ दुई दिने भ्रमणका लागि मंगलबार राति नयाँ दिल्ली आइपुगेका छन् ।  उनी खाडी क्षेत्रका केही राष्ट्र हुँदै भारत आइपुगेका हुन् । भारतले उनको भ्रमणको बारेमा यही जुन २० तारेखमा जारी गरेको वक्तव्यमा आपसी चासो, क्षेत्रीय र दुई पक्षीय विषयमा कुराकानी हुने जनाएको थियो । पम्पेओ मंगलबार...बाँकी

अचम्म ! केटी जिस्काउने ६८ प्रतिशत ५० वर्ष माथिका !

भनिन्छ तन बुढो भएपनि मन बुढो हुँदैन । यो भनाईलाई पाका मानिसहरुका यौनिक व्यवहारले पनि पुष्टि गर्दछ । भारतको उत्तर प्रदेशमा गरिएको एक अध्ययनले पाका मानिसहरु महिलालाई जिस्काउनमा सबैभन्दा अगाडि रहेको देखाएको छ । वुमन पावर लाइन १०८० को तथ्यांक अनुसार महिलामाथि दुव्र्यवहारको आरोपमा अहिलेसम्म जेल पठाइएका मध्ये ६८ प्रतिशत...बाँकी

सावधान ! सिरिन्ज प्रकरणः एटिएमदेखि फिल्म हलहुँदै सडकसम्म

 एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो। आफुलाई सुई लगाउने महिला करिव २० वर्ष...बाँकी