विश्व

नेपालको धार्मिक अभ्यासमा अमेरिकी असन्तोष

संयुक्त अधिराज्य अमेरिकाले नेपालमा धर्म परिर्वतन विरुद्ध भएका कानुनप्रति असन्तुष्टि जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा धर्म परिर्वतन  विरुद्ध नेपालको संविधान र मुलुकी फौजदारी संहितामा भएका व्यवस्था प्रति असन्तुष्टि जाहेर गरेको छ। सन् २०१८ को ‘रिपोर्ट अन इन्टरनेसनल रिलिजियस फ्रिडम’मा नेपालप्रति त्यस्तो असन्तुष्टि प्रकट गरिएको हो। विश्वका हरेक...बाँकी

अब भारत छिर्नलाई अनिवार्य भिसा

नेपाल र भारतबीचमा संसारमै नभएको खुला सीमा छ । एक देशका नागरिकले अर्को देशमा पनि आफ्नै देशसरह विनाअवरोध आवागमन, बसोवार र बन्दव्यापार गर्न पाउने व्यवस्था सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा छ । तर, सन्धिमा रहेको यस व्यवस्थामा केही वर्ष यता दुवै देशले आआफ्नै सुविधाअनुसार परिवर्तन गर्दै आएका छन्...बाँकी

एक महिला पत्रकारमाथि गोली प्रहार

 भारतको राजधानी नयाँ दिल्लीको मयूर विहारको आसपास धर्मशीला क्यान्सर अस्पतालको रेड लाइट छेउमा एक पत्रकार महिलामाथि गएराति १२ः३० बजे गोली प्रहार भएको छ । क्राइम रिपोर्टर मिताली चंदोलाको बायाँ हातमा गोली लागेको छ । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । उनको हालत अहिले खतरा बाहिर रहेको...बाँकी

साथीमार्फत श्रीमतीमाथि ब्ल्याकमेल गराउने श्रीमाण पक्राउ

रचना (परिवर्तित नाम) भारतको लुगलकाबादमा बस्छन् । उनी पछिल्ला केही दिनदेखि तनावमा थिइन् । सोसल मिडियामा एक व्यक्ति उनलाई थुप्रै दिनदेखि मेसेज पठाइरहेका थिए । चिन्तित उनले पुलिसलाई यसबारे जानकारी दिइन् तर ब्ल्याकमेलरले मानेनन् । उनको मेसेज आइरह्यो । यसपटक उनले धम्की दिँदै भने, ‘यदि एक लाख रुपैयाँ नदिने हो...बाँकी

भारतमा बस दुर्घटना हुँदा ४४ जनाको मृृत्यु, १९ जना गम्भिर घाईते

भारतको हिमाचल प्रदेशको कुल्लुमा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाले ज्यान गुमाएका छन् । बस सडकबाट पाँच सय फिट तल नदीमा खसेको बताइएको छ । दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार...बाँकी

‘योग प्रवर्तक पतञ्जलिको जन्म भारतमा होइन, नेपालमै’

हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि योगको चर्चासँगै यसका प्रवर्तक पतञ्जलिको सम्झना गर्न थालिएको छ। पतञ्जलिले योगमा मात्र योगदान गरेका होइनन्, उनले आयुर्वेद र व्याकरणको विकासमा समेत योगदान गरेका छन्। पतञ्जलिको जन्मको सम्बन्धमा एकमत नभएपनि मेरो अध्ययन र अनुसन्धानले उनको जन्म नेपालकै अर्घाखाँची जिल्लामा भएको देखाएको...बाँकी

फेसबुकको डिजिटल मुद्रा रोक्न अमेरिकी सांसदको आग्रह

एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्। आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्ने बताइएको छ। तर अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्षले अमेरिकी संसदले सो परियोजना अध्ययन नगरेसम्म फेसबुकले कुर्नुपर्ने बताएकी...बाँकी

‘भगवान प्रधानमन्त्री’ बन्‍ने हुन सेनको रहर, ओलीको ‘तिमी र तपाईं’

 क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई शुरुताका मिडियाले सामान्य हिसाबले प्रधानमन्त्री हुन सेन मात्रै भन्ने गरेका थिए । तर, सरकारी अधिकारीहरुले सन् २०१६को मे ११ का दिन एउटा ‘फर्मान’ जारी गर्दै मिडियालाई चेतावनी दिए । उनीहरुको वाक्य यही नभएपनि शैली यस्तै थियो, “अबदेखि प्रधानमन्त्री हुन सेन मात्रै भन्न पाइन्न । मिडियामा यस्तो...बाँकी