विश्व

अमेरिकामा कोरोना संक्रमित ३० लाख नाघे

अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै ५० हजार संक्रमित थपिएसँगै अमेरिकामा कूल संक्रमितको संख्या ३० लाख ३९ हजार पुगेको हो। तीमध्ये १ लाख ३२ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने १३ लाख १० हजारभन्दा धेरै उपचारपछि स्वस्थ भएका छन्। ब्राजिलमा २१...बाँकी

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, पाँच लाखको मृत्यु

विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ।​ वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ। अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन्। कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६...बाँकी

भारतको सीमा सुरक्षामा खटिएका गोर्खा सैनिकको मृत्यु

नयाँदिल्ली — भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल ९एलओसी० क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको...बाँकी

सुशान्त आत्महत्या : सलमान खान सहित ८ जना विरुद्ध मुद्धा

 बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ। बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर...बाँकी

बेइजिङमा संक्रमितको संख्या पुनः बढ्दै

 बेइजिङ — चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये राजधानी बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यसअघि शनिबार पनि बेइजिङमा ३६ जनामै कोरोना संक्रमण देखिएको...बाँकी

विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू

कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ। लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्। नयाँ संक्रमित भेटिएपछि चीनमा फेरि बजार बन्द चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ। कोरोना महामारी पूर्णतः नियन्त्रणमा...बाँकी

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख ४ सय ६४ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९...बाँकी

कुवेतबाट ३ सय ६ जना नेपाली महिला कामदार आइपुगे

कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ । जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर...बाँकी