विश्व

चुनावी प्रचारका लागि भारतका राजनीतिक दलले गुगल र फेसबुकमा मात्रै खर्च गरे ५३ करोड भारु

आइतबार भारतमा एक महिनादेखि जारी लोक सभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणाम र निर्वाचनका विभिन्न तथ्याकं बाहिर आउने क्रम जारी छ । भारतमा राजनीतिक दलले चुनावी प्रचारको लागि फेब्रुअरीदेखि हालसम्म फेसबुक र गुगल आदी डिजिटल मंचमा ५३ करोड भारु भन्दा बढी खर्च गरेको तथ्याकं सार्वजनिक भएको छ ।...बाँकी

ट्रम्पले इरानलाई दियने चेतावनी, हामीसँग युद्ध गरेमा आधिकारिक अन्त्य हुने

 अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार इरानलाई चेतावनी दिँदै आफूहरूको विरुद्ध उसले युद्ध गरेमा उसको आधिकारिक अन्त्य हुने ट्वीट गरेका छन् । अमेरिकालाई कहिले पनि धम्की नदिन उनले भनेका छन् । अमेरिकी सैनिकलाई पश्चिम एसियामा तैनाथ गरेपछि दुई देशबीच तनावको स्थिति छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानी शासकहरूलाई...बाँकी

एमबाप्पे जीते एकसाथ दुई अवार्ड

पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेले एकसाथ दुई अवार्ड जितेका छन् । लिग वानमा वर्षको उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडी गरी दुई अवार्ड उनले जितेका हुन् । फ्रान्सका २० वर्षिय एमबाप्पेले लिग वानको यो सिजनमा ३२ गोल गरेका छन् । जारी सिजनमा २८ खेल खेलेका एमबाप्पेले...बाँकी

शान्ति सेनामा गएका सैनिकको हत्या

अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति...बाँकी

मोदी विरुद्ध निर्वाचन आयोगमा उजुरी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन आचार संहिताको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ। प्रतिपक्षी दल कंग्रेस आईका सांसद प्रदीप भट्टाचार्यले मौन अवधिमा मोदीको केदारनाथ र बद्रीनाथ भ्रमणको मिडिया कभरेजले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी हालेका छन्। ‘केदारनाथ भ्रमणबारे जसरी मोदीले मिडिया कभरेज गराए त्यो अरू केही होइन आचारसंहिताको...बाँकी

गाउँमा बोको हरामको अक्रमण, १३ जना गाउँलेको हत्या

 अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख...बाँकी

श्रमतीको बलात्कारबाट श्रीमानको ज्यान गयो

काठमाडौं ; श्रीमानले श्रीमतीको यौन शोषण गरेको, या हातपात गरेको समाचार अक्सर सुन्न सकिन्छ । तर अफ्रिकी देश नाइजेरियामा भने बिल्कुलै फरक घटना घटेको छ । यहाँ एक जना करोडपतिलाई उनका पाँच श्रीमतीहरूले लगातार बलात्कार गर्दा ती करोडपतिको ज्यान गएको छ । ती करोडपतिका छमध्ये पाँच श्रीमतीहरूले उनले सधैं कान्छी...बाँकी

पब्जीको लत लागेपछि पत्नीले दिइन् डिभोर्सको निवेदन !

अनलाईन मोबाइल गेम पब्जी लोकप्रिय हुनुका साथै विवादित पनि छ । यसले गर्दा कैयौं मानिस मरेका छन् । अहिले त यस गेमले गर्दा डिभोर्सको स्थिति पनि आएको छ । भारतको गुजरातमा एक सन्तानकी आमालाई पब्जीको लत लागेपछि उनले पतिसँग डिभोर्स लिनका लागि महिला हेल्पलाइनको सहायता मागेकी छन् । महिला हेल्पलाइनकी...बाँकी