टर्कीको सबैभन्दा महत्वपूर्ण शहर इस्तानबुलको नगरपालिकाले महिलालाई शिष्टाचार सिकाउनका लागि नियम बनाएसँगै विवादमा तानिएको छ । यसमा सभ्य महिलालाई आइसक्रिम चाटीचाटी नखान भनिएको छ । नगरपालिकाले जारी गरेको यस्तो नियमलाई मानिसहरुले भद्दा व्यवहार र महिलाको स्वतन्त्रतामाथिको हमलाको संज्ञा दिएका छन् । सोसल मिडियामा यस्ता नियमको विषयमा विशेष बहस नै चलिरहेको...बाँकी
स्पेनवासीहरू एक दुई वर्षीय बच्चाको कुशलक्षेमका लागि प्रार्थना गरिरहेका छन् । खेल्दै गर्दा जुलियन रोसेलो १०० फीट तल इनारमा खस्यो । अघिल्लो हप्ताको शनिवार इनारमा खसेको बच्चाको उद्धार कार्य जारी छ । इनारमा ड्रिल गरेर सुरुङ बनाइएको छ । रोसेलोलाई निकाल्नका लागि सुरुङ बनाइएको हो । दक्षिणी स्पेनको मालागा शहरमा...बाँकी
यस वर्षको सबभन्दा ठूलो डेटा ब्रीच सार्वजनिक भएको छ । ७७ करोडभन्दा बढी ईमेल आईडी र पासवर्ड सार्वजनिक गरिएका छन् । यी सबै डेटा फाइल शेयरिङ वेबसाइटमा अप्लोड गरिएका छन् । फाइल साइज ८७ जीबी छ । आईडी ह्याक भयो भन्नाले तपाईंको आईडी अर्काले प्रयोग गरेको भन्ने अर्थ लाग्दैन ।...बाँकी
साध्वी बलात्कार मुद्दामा बीस वर्षको कारावास सजाय काटिरहेका गुरमीत राम रहीमलाई अब वर्षको गणनाको अर्थ रहेन । पत्रकार रामचन्द्र प्रजापतिको हत्या मामिलामा पञ्चकुलाको सीबीआई अदालतले उनलाई जन्मकैदको फैसला सुनाइसकेको छ । सजायको खबर उनलाई जेलमै दिइएको थियो । कैदी नम्बर १९९७ का रूपमा सजाय काटिरहेका राम रहीमले जन्मकैदको सजाय पनि...बाँकी
अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन...बाँकी
चीनले भूकम्प आउनुअघि नै सुचित गर्ने प्रणाली विकास गरेको छ । उसको दक्षिण–पश्चिम प्रान्त सिचुवानको राजधानी चेङदुमा यो आविष्कारको एक वर्षअघि परीक्षण पनि गरिसकिएको छ । यसका लागि रेडियो, टिभी, मोबाइलजस्ता धेरैवटा प्रसारण प्रणालीहरूको उपभोग गरेर भूकम्प धक्का आउनु केही सेकेन्डअघि नागरिकहरूलाई भूकम्प आउन लागेको चेतावनी दिन्छ । “भूकम्प आउनुअघि...बाँकी
अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेकाे सुनखानी भत्किँदा ३० जनाको ज्यान गएको छ । अफगानिस्तानको बडाख्शन प्रदेशको कोहिस्तान जिल्लामा सुनखानी भत्किँदा कम्तिमा पनि ३० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गाउँलेहरुले सुन खोज्नका लागि नदी छेउमा ३० मिटर गहिरो खानी खनेकाे र त्यही साँघुरो खानी भत्किँदा उनीहरुले ज्यान गुमाउनुपरेकाे हो । अफगानिस्तानमा...बाँकी
इस्लामवाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार सात वर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो । फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको...बाँकी