विश्व

स्वीजरल्याण्ड विमान दुर्घटना : बीस यात्रुकै मृत्यु भएको पुष्टि

बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । आइतबार दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता गरी स्वीजरल्याण्ड प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताउनुभयो, “प्रहरीले विमानमा रहेका सबैजनाको मृत्यु...बाँकी

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

 रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार...बाँकी

जिम्बाबेमा तनाब

 जिम्बाबेको राजधानी हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीले ढुंगामुढा र सवारीसाधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र अश्रुग्याँस प्रहार गरेका छन् । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीनजनाको मृत्यु भएको छ । सत्तारुढ दल जानु–पीएफका संस्थापक नेता एवं पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल...बाँकी

न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता

 न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किनु भएको छ । झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भन्नु भएको छ । प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उहाँ विश्वको दोस्रो...बाँकी

बङ्लादेशको सडकमा विद्यार्थीको आन्दोलन

बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ । अघिल्ला तीन दिन जस्तै चौँथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको अधिकारीहरूले जनाएका छन् । आफ्ना सहपाठी बाटोमा...बाँकी

अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग

अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता...बाँकी

जापानाको फुकिशिमामा भूकम्प

 जापानको फुकुशिमा प्रान्तमा ५।४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ । पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ...बाँकी

आइएसद्वारा ३६ महिला र बालबालिका अपहरण

सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह ९आइएस० ले महिला र बालबालिका गरी ३६ जना अपहरण गरेका छन् । मानव अधिकारवादी समूहले सोमबार सो जानकारी दिएको छ । केही दिनअगाडि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २५० भन्दा बढीका मृत्यु...बाँकी