विश्व

विश्वमा ६ करोड ८५ लाख व्यक्ति विस्थापितः राष्ट्रसंघ

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् । सन् २०१७ को...बाँकी

जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

 जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे ।बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ । भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेमा पनि क्षति पुगेकाे बताइएकाे छ ।बाँकी

हराएकी महिला अजिङगरको पेटमा

इन्डोनेसियामा एक हराएकि महिला खोजी गर्दा यस्तो ठाउँमा भेटिइन् कि यसको कल्पना मात्रैले पनि शरीर काम्न थाल्छ । प्रहरीका अनुसार एक महिला आफ्नो बगैचाको रेखदेख गर्दै थिइन् । तर उनी एकाएक गायब भइन् । तर पछि खोजी गर्दा उनी एक विशाल अजिङगरको पेटमा फेला परिन् । गाउलेले सात मिटर लामो...बाँकी

सम्पादक सहित तीनको हत्या

भारतको श्रीनगरमा एक पत्रिकाको सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको २४ घण्टा नबित्दै एक सैनिकको पनि हत्या भएको छ । राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक बिहीबार साँझ सवा सात बजे हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या...बाँकी

युगाण्डामा भएको सडक दुर्घटनामा ११ को मृत्यु

 युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी...बाँकी

मोदीको हत्या गर्ने माओवादीको धम्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन । एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी (भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ । महाराष्ट्र प्रहरीका...बाँकी

हेर्नुस् टम्प र कीम बीच के भयो सहमति ?(अपडेट)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्विपमा परमाणु कार्यक्रम बन्द गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ । मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ ।...बाँकी

टम्प र कीमबीच दस्तावेजमा हस्ताक्षर (अपडेट)

ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । दस्तावेजमा के छ भनिएको छैन । केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो ।...बाँकी