विश्व

काबुल हमलामा मारिनेमा पाँचजना पत्रकार(अपडेट)

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा पाँचजना पत्रकार परेका छन् । उक्त हमलामा परी मारिनेको संख्या २५ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ । मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी...बाँकी

काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु, मारिनेमा तीन जना पत्रकार

 अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ । मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ । सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । उनीहरुको पहिचान...बाँकी

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

 चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ । उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँ उत्तर कोरियाको भ्रमणमा जान लागनुभएको पनि उहाँले जानकारी...बाँकी

ट्रक र बस ठोक्किदा सात जनाको मृत्यु

भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् । उक्त राज्यको राजधानी भोपालदेखि ३५० किलोमिटर टाढा पर्ने मन्दसुरमा दुर्घटना भएको समाचारमा जनाइएको छ । तिव्र गतिमा आएको...बाँकी

ट्रम्प र मुनबीच फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भन्नुभयो, “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र...बाँकी

बालबालिकाको बलि

पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’  जानकारी दिएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएका छन् । फेला परेको प्रमाणका अनुसार...बाँकी

किम र मुनले गरे कोरियाली युद्धबिरामको संयुक्त घोषणा

उत्तर र दक्षिण कोरियाका नेताहरुले शुक्रबारको ऐतिहासिक शिखर वार्तामा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले अबदेखि कोरियामा कुनै प्रकारको हिंसा एवम् युद्ध नहुने प्रतिबद्धता आठ करोड जनताका अघि व्यक्त गरेका छन् । हस्ताक्षरपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले भने अध्यक्ष किम जोङ उन र म कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि...बाँकी

रुँदै-रुँदै पुलिसमा पुगेका पतिले भने: मलाई पत्नीले नोकर बनाइ

नेपाल जस्तो पितृसत्तात्मक समाजमा महिला हिंसाका घटना सामान्य मानिन्छन् । दिनहुँ कुनै कुनै महिलाले पुरुषबाट तथा महिलाबाटै पनि हिंसाको सामना गर्नुपरिरहेको छ। यहाँ चर्चा गर्न लागिएको भने यसको ठ्याक्कै विपरित घटनाको हो । भारतको उत्तरप्रदेश राज्यस्थित ग्रेटर नोएडाको दनकौर कोतवाली क्षेत्रको एक गाउँका पुरुष रुँदै रुँदै पुलिस चौकी पुगेका छन्...बाँकी