विश्व

मानव अधिकार परिषद्मा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा सुझाव

हेटौंडाःः प्रदेश ३ को राजधानी हेटौंडामा सन २०२० नोवेम्बरमा हुने संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्मा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा सुझाव संकलन भएको छ । प्रदेश ३ का सभामुख, सांसद, मुख्य न्यायधीवक्ता लगायतबाट सुझाव संकलन भएको छ । ईन्सेक प्रदेश तिनका संयोजक कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईन्सेककी युपिआर प्रमुख...बाँकी

बस लोडरसँग ठोक्किदा ३५ जनाको मृत्यु

साउदी, ३० असोज । साउदी अरेबियामा बस लोडरसँग ठोक्किँदा ३५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बसमा ३९ जना सवार थिए । उनीहरुमध्ये ३५ जनाको ज्यान गएको छ । घटनामा चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका...बाँकी

२० औँ पटक आमा बन्दै ३८ वर्षीया महिला

एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ । उनले यसअघि १९ पटक...बाँकी

कृषि विकास बैंकको चोरी प्रकरणको योजनाकार काले भनिने पिटर

कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी भारतमा बस्छन् । उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ । पिटरले नेपाली...बाँकी

पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

 पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका...बाँकी

चिकित्सकले अर्कै महिलाको गर्भपात गराएपछि

दक्षिण कोरियाका एक चिकित्सकले झुक्किएर अर्कै महिलाको गर्भपात गराएको प्रहरीले बताएको छ । नाम नखुलाइएकी महिला ६ हप्ताको गर्भवती थिइन् र उनी पोषणयुक्त खानेकुरा लिन क्लिनिक गएकी थिइन् । तर चिकित्सक र नर्स दुवैले उनी को हुन् भनी चेक गरेनन् अनि गर्भपातअघि बेहोश बनाउने सुई दिए । डेढ महिनाअघि भएको...बाँकी

यसरी हुँदैछ चिनियाँ राष्ट्रपति सीलाई स्वागतको तयारी

मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ । निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ...बाँकी

स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु, सयौं घाइते

 केन्याको राजधानी नैरोबीस्थित एउटा स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । सोमबार स्थानीय समय अनुसार बिहान ४ बजे ‘प्रेसियस ट्यालेन्ट टप स्कुल’को दुईतले भवन भत्किएको हो । घाइते हुनेको संख्या ५७ छ । अरु दर्जनौँ पुरिएको हुनसक्ने केन्याको रेड क्रसले जनाएको छ ।...बाँकी