अध्यक्षका प्रत्यासी अधिकारीले दिए धन्यवाद

गुगलपाटी संवाददाता
२७ बैशाख २०७५ १०:३५

नेपाल पत्रकार महासंघको यहि बैशाख २२ गते भएको प्रदेश निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गिरिजा अधिकारीले प्रेस नोट जारी गरि सबैलाई धन्यवाद ज्ञापन गरेको छन्, । उनले नव निर्वाचित अध्यक्ष प्रताप विष्टको नेतृत्वलाई सफल कार्यकालको शुभकामनाका साथ बधाई पनि दिएका छन्, ।

नवनिर्वाचित कार्यसमितिले श्रमजीवि पत्रकार तथा मिडिया हाउसको प्रवद्र्धनमा काम गरेमा आफ्नो तर्फबाट पूराका पूरा सहयोग रहने पनि उनले स्पष्ट पारेका छन् ।

प्रेस नोट
नेपाल पत्रकार महासंघको यहि बैशाख २२ गते भएको प्रदेश निर्वाचनका सन्दर्भमा मतदानमा सहभागी भई मलाई मतदान गर्नुहुने सबै मतदातामा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिशेष ध्यान पुर्याउनेछ भन्ने कुराको अपेक्षा गरेको छु । मैले सार्वजनिक गरेको कामहरु पत्रकार र पत्रकारिता क्षेत्रकै विन चाहन्छु ।
गृह जिल्लासहित ऐतिहासिक  र सामरिक महत्व बोकेको नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक र मकवानपुरमा मलाई विजयी गराउन भूमिका निर्वाह गर्नुहुने मतदातासहित सबैलाई विशेष धन्यवाद व्यक्त गर्दछु । साथै, प्रदेश नम्बर ३ का  सबै  जिल्लाका मतदाता, शुभेच्छुक र समर्थकहरुप्रति आभार व्यक्त गर्दछु ।
अध्यक्षमा निर्वाचित प्रताप बिष्ट नेतृत्वको प्रदेश समितिका सबै पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।
निर्वाचनमा अहोरात्र लागिपर्ने पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्षज्यूहरु, कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरु, मतदान अधिकृतज्यूहरु, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय निर्वाचन प्रतिनिधिज्यूहरु, पर्यवेक्षक, स्वयम्सेवकसमेत निर्वाचनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई धन्यवाद दिन चाहन्छु ।
मैले १६ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरी प्रदेश नम्बर ३ को अध्यक्षमा उम्मेदवारी दिएको थिए । तीन राजनीतिक दलमा आवद्ध पत्रकार संगठनको कडा दबाबका बीच सबै मतदाता तथा समर्थकको अथाह माया हुँदाहुँदै पनि निर्वाचनमा विजयी हुन नसक्दा ती योजनाहरु अलपत्र पर्ने स्थितिमा छ । यसो हुँदा श्रमजीवि पत्रकार, साना तथा मझौला संचारमाद्यमको विकास, अग्रज पत्रकारको सम्मान र समकालिन पत्रकारलाई अवसर सिर्जना गर्ने काममा नवनिर्वाचित कार्यसमितिले विकासका लागि महत्वपूर्ण हुने हुँदा ती योजना नवनिर्वाचित कार्यसमितिले ग्रहण गर्न सकेमा त्यसले पत्रकार र पत्रkकारिताको क्षेत्रमा निकै महत्वपूर्ण काम हुने आसा गरेको छु । यि योजनाहरु पूरा गर्न तथा सबै पत्रकारको हितका काममा  मेरो सहयोग रहेने प्रतिवद्धता पनि व्यक्त गर्दछु । धन्यवाद ।