उपझोक्ता समिति भन्छ, बानियाँ र न्यौपानेले नहर निर्माण गरिदिएका होइनन्
गुगलपाटी संवाददातामनहरी गाउँपालिका वडा नं ३ मा माननीय इन्द्रबहादुर बानियाँ र शंकर न्यौपानेले नहर निर्माण गरिदिएको भन्ने समाचारप्रति उपभोक्ता समितिले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चारमाध्यमहरुमा साबिक हाँडीखोलाको कालिदमार बगौडा फाँटमा सांसद बानियाँ र न्यौपानेले नहर निर्माण गरेको समाचार आएपछि उपभोक्ता समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेस बिज्ञप्ती प्रकाशन गरी मसिने कालिदमार सिंचाई उपभोक्ता समितिले मसिनेखोलादेखि कालिदमारसम्म र साबिक गाविस भवनदेखि कौगेडीसम्मको बाटोमा मनहरी गाउँपालिकाको तर्फबाट ५ लाख रुपियाँ बिनियोजित भई काम अघि बढेको तथा मसिने कालिदमार सिंचाई योजनाका लागि गाउँपालिकाको ६०÷४० को बजेट बिनियोजन भई काम गर्दा बानियाँको तर्फबाट अपरेटरभत्ता र इन्धन समेत समितिले व्यहोर्ने गरी बानियाँले मेसिन उपलब्ध गराइएको जनाएको छ । तर समाचारमा गाउँपालिकाको नाम र लगानी उल्लेख नगरी बानियाँ र न्यौपानेले चुनावमा ब्यक्त भएको प्रतिबद्धता पूरा गरेको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आएपछि बिज्ञप्ती प्रकाशन गरिएको जनाइएको छ । समितिका अध्यक्ष मणिराज खत्री, उपाध्यक्ष रामहरि लामिछाने, सचिव कृष्णप्रसाद पाठक, कोषाध्यक्ष बबिता लुइँटेल, सहसचिव रामशरण पौडेल, सदस्यहरु नानीबाबु गोदार थापा र बलराम सापकोटा हस्ताक्षर गरी त्यस्तो प्रचार नगर्न ध्यानाकर्षण गराएका हुन् ।