खेल उता तनाब यता किन ?
गुगलपाटी संवाददाता
रसियामा जारी विश्वकप फुटबल २०१८ बाट अर्जेन्टिना बाहिरिएपछि हेटौंडाका एक युवाले आत्महत्याको प्रयास गरेका छन् ।
हेटौंडा उपहानगरपालिका वडा नं १३ निवासी अर्जेन्टिनाका एक शुभचिन्तकले आत्महत्याको प्रयास गरेका हुन् । हेटौंडा–१३ वनस्पतिका ३० वर्षिय मुकुन्द सिलवालले गएराति करिब साँढे १० बजे कोठाको सिलिङमा नाइलनको डोरी लगाई झुण्डिएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गरीरेको देखेपछि उनको श्रीमतीले त्यस डोरी काटिदिएकी थिइन् । त्यस लगत्तै सिलवाललाई उपचारको लागि हेटौंडा–११ थानाभर्याङ्गस्थित चुरेहिल अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको अस्पतालका निर्देशक रविरमण अधिकारीले जानकारी दिए ।