जोशीलाई प्रधानन्यायाधीश नबनाउने चलखेमा नेकपा
गुगलपाटी संवाददाता१४ साउन, काठमाडौं । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश नबनाउने तयारीमा सत्तारुढ दल नेकपा जुटेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो । नेकपाले जोशीलाई प्रधानन्यायाधीश नबनउने तयारीमा जुटेको नेकपाका एक शीर्ष नेताले बताए ।
‘आजको बैठकले जोशीबारे निर्णय गर्ने छ’,सुनुवाई समितिका एक सदस्यले भने, ‘जोशीको सिफारिस अस्वीकृत गर्ने सत्तारुढ दल नेकपाको तयारी छ ।’
आकस्मिक कुनै घटना क्रम नभएन अस्वीकृत गर्ने सम्भावना रहेको भन्दै स्रोतको दाबी छ । जाशीको ‘शैक्षिक प्रमाणपत्र मात्र होइन, फैसलाहरु पनि विवादमा छन् ।
नेकपाका शीर्ष नेताहरुले आइतबार राति पार्टीका सांसदहरुलाई त्यही सन्देश पठाएको स्रोतको दाबी छ ।
त्यसअघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको बताइएको छ ।
१५ सदस्यीय सुनुवाई समितिमा सत्तारुढ दल नेकपाका ९ र सत्ता साझेदार फोरमको एक सांसद छन् ।