तीन नम्बर प्रदेशसभामा यस्ता विषय उठाइँदै

गुगलपाटी संवाददाता
२७ चैत्र २०७४ १६:३१

प्रदेश तीनको शिक्षा स्वास्थ्य र कृषि समितिले प्रदेशसभामा उठाउने विषयहरुको बारेमा मंगलबार छलफल गरेको छ । प्रदेशसभा सचिवालयमा भएको बैठकमा शिक्षामा खेलकुद सँगै हुनुपर्ने, पठन पाठन नयाँ शैक्षिक सत्रबाट सुरु हुनुपर्ने, अशक्तहरुको आक्षण हुनपर्ने विषय उठाउनेबारे छलफल भएको हो ।
कृषिमा आधुनिकिकरण गर्नुपर्ने र कृषिमा सर्वसाधरणको पहुँच पुग्नुपर्ने लगायतका विषय आउँदो प्रदेशसभा बैठकमा उठाउने छलफल भएको समितिका कोषाध्यक्ष प्रेम बहादुर पुलामीले बताए । समितिको तेस्रो बैठक प्रदेशसभा सदस्य घनश्याम दाहालको अध्यक्षतामा बसेको थियो ।