नेकपाका नेता लामाले गरे जन्मदिनमा सहयोग
गुगलपाटी संवाददातानेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका युवा नेता तथा समाजसेवी सुनिल मोक्तानले आफ्नो जन्म दिनको अवसरमा हेटौँडा–१५ स्थित दिब्यसेवा निकेतनलाई सहयोग गरेका छन् ।
निकेतन आश्रय लिईरहेका बृद्ध बृद्धाहरुलाई उनले बिहीबार नगद १२ हजार रुपैँया सहयोग गरेका हन् । बिगत् तीन वर्षदेखि प्रत्येक वर्ष जन्मदिन मनाउदा उनले निकेतनलाई सहयोग गर्दै आएका छन् ।जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा जेष्ठ नागरिकहरुले आश्रय लिईरहेकोे निकेतनलाई सहयोग गर्नु उचित लागेर प्रत्येक वर्ष सहयोग गर्ने घोषणा गरेको मोक्तानले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले मोक्तानजस्तै सबै युवाहरुले जेष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्नुपर्ने बताए । युवाहरुले सबैको सम्मान गर्न सके देशमा नैतिकताको खडेरी नपर्ने समेत उनको भनाई रहेको थियो ।
कार्यक्रममा दिब्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, अभिभावक केदार न्यौपाने लगाएतको सहभागिता रहेको थियो । आश्रममा हाल ३० जना बृद्ध बृद्धा बस्दै आएका छन् ।