प्रदेश तीनमा मन्त्रीपरिषद बिस्तारसँगै चार निर्णय
गुगलपाटी संवाददातातीन नम्बर प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएसँगै चार वटा निर्णय गरेको छ । चार जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएसँगै बिहीबार साँझ मन्त्रीपरिषद कार्यालयमा बैठक बसेको हो ।
बैठकले कानून मन्त्री सालिकराम जम्कट्टेलको अध्यक्षतामा कानून मस्यौदा समिति गठन गरेको छ । समितिलाई कानून मन्त्रालयका सचिव तथा कर्मचारीहरुले सहयोग गर्नेछन् । साथै मन्त्रीपरिषदले नयाँ कनून बनाउन ढाँचा र सार्बजनिक लिखत प्रमाणित सम्बन्धि बिधयको ढाँचा स्वीकृत गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । साथै मन्त्रीपरिषद बैठकले प्रदेशको राजपत्रको ढाँचा पनि स्वीकृत गरेको उनले जानकारी दिए ।
साथै बिहीबार साँझ नै नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । एमालेबाट तीन र नेकपा माओवादी केन्द्रबाट एक जना मन्त्री थपिएका हुन् ।