मुख्यंत्रीको अमेरिका मोह चिप्लिएपछि फोरमको रुवावासी

गुगलपाटी संवाददाता
७ जेष्ठ २०७५ ०६:५५

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावित अमेरिका भ्रमण अस्वीकृत भएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषदले पठाएको प्रस्ताव उपयुक्त नभएको भन्दै अस्वीकार गरेको हो ।

मधेसी एशोसिएसन इन अमेरिका नामक संस्थाको निम्तोमा राउत अमेरिका जान लागेका थिए । तर, प्रदेशभित्र नीति तथा कार्यक्रम, बजेट निर्माण र संगठनात्मक काम गर्नु पर्ने समय परेकाले जान अनुपयुक्त देखिएको सञ्चार राज्यमन्त्री गोलुक बास्कोटाले जानकारी दिए ।

यसैबीच संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएकोमा आपत्ति जनाएको छ ।

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका सांसद यादवले भ्रमणमा रोक लगाउनु मधेस विरोधी काम भएको बताए ।

प्रेस फोरम पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद् यादवले प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भनेर संघीय सरकार लागेको अरोपसमेत लगाए । ‘प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भन्नेमा लागेका छन् । मुख्य मन्त्रीको अमेरिका भ्रमण रद्द गर्ने काम निन्दनीय हो । यसलाई सच्याउनुपर्छ ।’