संविधानले ब्यवस्था गरेको अधिकार मागेर होईन खोजेर लिनुपर्छ

गुगलपाटी संवाददाता
२ बैशाख २०७५ १२:२०

प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले सिमान्तकृत समुदायले संविधानले ब्यवस्था गरेको अधिकार मागेर होईन खोजेर लिनुपर्ने बताएका छन् । नेपाल थामी समाज मकवानपुरको क्यालेण्डर सार्वजनिक गर्दै पुलामीले सिमान्तकृत समुदायलाई आफ्ना अधिकारको लागि एकताबद्ध हुन आग्रह गरे ।
देश आर्थिक समृद्धिको अभियानमा अघि बढेको भन्दै उनले अब परम्परामा नभई युग अनुसार चल्नुपर्ने बताए । क्यालेण्डर सार्वजनिक साथै शुभकामना आदान प्रदान पनि गरिएको थियो ।
समाजका अध्यक्ष धन कुमार थामीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य जीवन गोले, समाजसेवी भोला थापा, ज्योति उच्च माविका अध्यक्ष हर्क रम्तेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम जितेन्द्र थामिले सञ्चालन गरेका हुन् भने कुसुम थामीले स्वागत मन्तव्य राखेकी थिईन् ।