हिन्दू परिषदको पुजापाठ

गुगलपाटी संवाददाता
९ भाद्र २०७५ ११:१५

हिन्दू परिसद नेपाल द्वारा नेपालमा सुख,शान्ति एवं समृद्धिका लागी एक दिने विशेष पूजापाठ सम्पन गरेको छ। बिरगंज माइस्थान चौक स्थित गहवामाई पार्कमा श्रीरूद्री अभिषेक एवं हनुमान आरधनामा स्थानीय सहित पर्सा,बारा, रौतहट, चितवन,मकवानपुर बाट हिन्दू परिसद नेपालको अगुवाहरुको सहभागिता रहेको थियो। हिन्दू परिसद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेलले नेपाल लाई पुनः हिन्दू रास्ट्र घोषणा गराउनको लागी परिसदले अहिले धार्मिक एवं सामाजिक कार्य संग जनजागरण अभियान संचालन गरेको बताए।एस वर्ष चैत मसान्त सम्म नेपालको ७७ जिल्लामा संगठन बिस्तार गर्ने योजना रहेको बताए। शासन व्यवस्था जेसो नेपाल हिन्दू रास्ट्र हुनु पर्छ भन्ने बटम लाईनमा परिसद कार्य गरिरहेको बताउदै हिन्दू रास्ट्रका निम्ति सहयोग एवं साथ दिन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका थिए।पटेलले नेपालमा बस्ने हिन्दू एवं हिन्दूका संस्कृति माथि कसैले प्रहार गरे परिसद चुप लागेर नबस्ने बताउनुभयो।

पूजपाठ कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता,सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ,प्रबक्ता श्रीराम उपाध्याय, केन्द्रिय सदस्य सुकदेव साह कानू, लालबाबु कुर्मी,अजिता देवी, रामेस्वर गुप्ता,प्रदेश न.२ को अध्यक्ष सचितनन्द दुबे,वरिष्ठ उपाध्यक्ष भरत सरार्फ,महासचिव प्रमोद सिंह,कोषाध्यक्ष अंशु कुमार,सल्लहकार राजेस्वर साह, खेलकुद परिसद प्रदेश न.२ को अध्यक्ष संतोष सरार्फ,हिन्दू परिसद नेपाल पर्सा जिल्ला वरिष्ठ सल्लहकार ओम गुप्ता, युवा परिसद पर्सा अध्यक्ष अखलेश साह, बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, युवा परिसद बिरगंज नगर अध्यक्ष रंजीत चौरशिया सहितको सक्रिय सहभागितामा सम्पन भएको थियो।पूजपाठ आचार्य संजय चतुर्वेदी र पंडित सचितनन्द दुबेले गरेका थिए भने हनुमान आरधना शर्मा चौहान समुहले गरेको थियो।पूजपाठ पस्चात हजारौ श्रद्धालु हरुलाई प्रसाद वितरण संगै सहभागी हरु बाट राय, सलाह समेत लिएको थियो।