हेटौंडा ९ नम्बर वडाका तीन सय ९० जना बृद्ध बृद्धाको मुटु परीक्षण
गुगलपाटी संवाददाताहेटौंडा ९ नम्बर वडाका बृद्ध बृद्धाको शनिबार मुटु परीक्षण गरिएको छ । ‘स्वस्थ मुटु, स्वस्थ जीवन, हाम्रो अभियान’ भन्ने नाराका साथ भएको निशुल्क मुटु रोग परिक्षणमा यस अघि पहिचान भएका मुटु रोगी बृद्ध बृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।
अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको शिविरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि वहादुर महतले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । पछिल्लो समय समाजमा मुटुका रोगिहरुको संख्या बढ्दै गएको तथा वडाका ६० बर्ष भन्दा माथि उमेर समुहका बृद्धहरुमा बढी समस्या रहेकाले शिविरको आयोजना गरिएको भण्डारीले बताए ।
शिविर नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरसँगको साझेदारीमा शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरहरुले मुटु परीक्षण गरेका थिए ।
शिविरमा डा. प्रेम राज वैद्य, डा. मेघा जोशी, डा. चेतन न्यौपाने, अन्जीला बैद्य लगाएतका डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । ९९ वर्षिया माहाकाली देवी भुजेलको स्वास्थ्य जाँच गर्दै शिविर उद्धघाटन गरिएको थियो ।
शिविरको लागि एक लाख रुपैयाँ खर्च लाग्ने मध्ये स्थानीयवासी उमा पण्डित अधिकारीले ४० हजार रुपैयाँ सहयोग गरकी थिईन् । २० वर्षीय छोरा अभिनय अधिकारीको स्मृतिमा उनले सहयोग गरेकी हुन् ।
त्यस्तै शिविरका लागि हेटौंडा सिमेन्ट उद्योगले पनि सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताए । शिविरमा तीन सय ९० जनाले स्वास्थ्य परिक्षण गराएको आयोजकले बताएको छ ।