स्वास्थ्य र जीवनशैली

प्रहरी सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे

सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडाको मुख्य बजारमा मास्क वितरण गरिएकोछ । मकवानपुरमा कारोना भाइरसको संङक्रमण बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे मास्क बितरण गर्न थालेको हो । विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक...बाँकी

पास्निमा छोरालाई करोडको जीवन बिमा उपहार

हेटौंडाका एक निर्माण व्यवसायीले आफ्नो छोरोको पास्निमा एक करोड बराबरको जीवन बिमा उपहार दिएका छन् । हेटौंडा–४ थाहाचौंकका ४८ बर्षीय व्यवसायी लक्ष्मण थापाले पास्निको अवसर पारेर १ करोड बराबरको जीवन बिमा उपहार दिएका हुन् । हेटौंडा स्थित सुर्या लाइफइस्योरेन्स मार्फत उनले छोराको बिमा गराएका हुन् । बिमाकं वातप ८ लाख...बाँकी

कोरोनाको कहरमा पनि आश्रमले सेवा दिन छाडेन

कुमारी स्याङ्बो हेटौंडाः छोराबुहारीले घरबाट निकालेर सडकमा अलपत्र पारेका हेटौंडाकी लक्ष्मी देवी कार्की हेर्टौंडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा छन् । उनलाई भेट्न कोही आउँदैनन् । उनी ८० वर्षकी भइन् । उनको छोरीछोरा छन् तर भेट्न भने कोही आउँदैनन् । छोराछोरीको नातिनातिना हुर्काएकी कार्की अन्त्यमा आफैं बेसहारा भएकी छिन्...बाँकी

बागमतीमा ट्युबबाट नदी तर्न १ हजार

मकवानपुर — मकवानपुरगढी गाउँपालिका घर भएकी सजना तामाङ वाग्मतीपारि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको एक पोलिक्लिनिकमा काम गर्छिन् । दसैंमा घर फिर्न उनी नदी किनारसम्म गाडीमै आइन् । पारि तर्न भने एक हजार रुपैयाँ तिरेर ट्युबको सहारा लिनु पर्‍यो । मकवानपुरको वाग्मती–४ का जगतबहादुर माझी नदी तार्ने काम गर्न ट्युब लिएर जाँदै । मदन भण्डारी...बाँकी

यस्तो छ आजको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । समाज सेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ । मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।...बाँकी

मकवानपुरमा थप ३० जनामा कोरोना पुष्टि

मकवानपुरमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना, बकैया गाउँपालिकाका ६ जना, बागमती गाउँपालिकाका १२ जना ,मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र जिल्ला बाहिरका ३ जना गरी ३० जना थपिएका हुन् । कार्तिक २ गते लिएको स्वाबमा १...बाँकी

देशभरका कोरोना संक्रमित मध्यमा आधा बागमती प्रदेशमा

देशैभरीका कोरोना संक्रमित मध्यमा आधा कोरोना संक्रमित बागमती प्रदेशमा देखापरेका छन् । नेपालमा १ लाख ३९ हजार १२९ जना संक्रमित मध्यमा ५० प्रतिशत अर्थात ६९ हजार ७३७ जना कोरोना संक्रमित बागमती प्रदेशमा रहेका छन् । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक...बाँकी

मंगलबार थपिए तीन हजार ९३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१...बाँकी