समाज

बागमती प्रदेशमा रिक्तरहेको राष्ट्रिय सभा सदस्यपदको उपनिर्वाचनको मनोनयन दर्ता

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री राम बहादुर थापा बादलले उमेद्घवारको मनोनयन दर्ता गराउनु भएको छ । हेटौंडा ५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर बादलले मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्ताका लागि बागमती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेता...बाँकी

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई सुविधा सम्पन्न एम्बुलेन्स

हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत सुविधा सम्पन्न एम्बुलेन्स सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई सोमबार आयोजित एक कार्यक्रम बिच हस्तान्तरण गरेका छन् । १४ लाख ५० हजार लागतको एम्बुलेन्स बाँनियाकी आमा नर्बदा बानियाँ र वडाध्यक्ष बानियाँले...बाँकी

माओवादी केन्द्रको हेटौंडा १३ मा वडा कार्यालय उद्घाटन

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडाको सम्पर्क कार्यालयको आज उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र मकवानपुरकी इन्चार्ज कुमारी मोक्तानले कार्यालय उद्घाटन गर्नुभएको हो । उहाँले कार्यालय उद्घाटन गर्दै कोभिड १९ संक्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन र समस्यामा परेकाहरुलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...बाँकी

प्रहरी सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे

सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडाको मुख्य बजारमा मास्क वितरण गरिएकोछ । मकवानपुरमा कारोना भाइरसको संङक्रमण बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे मास्क बितरण गर्न थालेको हो । विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक...बाँकी

हेटौंडा १२ मा खुल्यो माओवादी केन्द्रको कार्यालय

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीस्थित हात्तिगौंडामा नेकपा माओवादी केन्द्रको वडा पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले आज आइतबार कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी शार्मा ओलीले धोका दिँदैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने बताउनुभयो । ‘आन्दोलनको बहाक...बाँकी

जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई सम्मान

नेकपा मकवानपुर (दाहाल नेपाल) पक्षले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा भएको कार्यक्रममा जनयुद्ध, जनआन्दोलनका सहित तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो । फागुन २१ गते राज्य पक्षबाट हत्या गरिएका दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्ठ भएको दिन फागुन २१ गतेको सम्म एक साता...बाँकी

कमिशन प्रथाको बिरोधमा बिरोध प्रर्दशन

नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समितीले सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिशन प्रथाको बिरोधमा धरानमा प्रर्दशन गरेको छ । सम्बन्धित पक्षले कमिशन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने माग राख्दै महासंघले बिरोध ¥याली तथा बिरोध सभा आयोजना गरेको हो । बिरोध सभालाई सम्बोधन गर्दै...बाँकी

मकवानपुरमा मनाइयो जनयुद्ध दिवस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहले मकवानपुरमा जनयुद्ध दिवस मनाएको छ । मकवानपुरगढीस्थित जनयुद्धका सहित तथा तत्कालिन नेकपा माओवादीका नेता स्वर्गीय रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गर्दै दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धी रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए...बाँकी