निर्मला हत्या प्रकरणः छानविन समितिको प्रतिवेदनमाथि नै प्रश्न
गुगलपाटी संवाददातानिर्मला पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ ।
समितिले छानविन होईन, सार्वजनिक सुचनालाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ ।
छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजताको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको छ ।
तर, प्राप्त पोस्टमार्टममा पाँचजना चिकित्सक संलग्न थिए ।
सो पोस्टमार्टम प्रतिवेदनमा डा. श्रेष्ठबाहेक डा. एमएन अन्सारी डा. सन्दीप कुमार, डा. धीरज जोशी र डा. सुदीप खनालको हस्ताक्षर छ ।
घटनाको १२ दिनपछि महेन्द्रनगर पुगेकी स्वतन्त्र अनुसन्धानता डा. ल्हामो शेर्पाका अनुसार उनले पनि तीनजना मात्र चिकित्सकको हस्ताक्षर रहेको पोस्टमार्टम प्रतिवेदन देखेकी थिईन् ।
मैले पोस्टमार्टमको हार्डकपी नै हेरेकी थिएँ, जसमा तीनजना चिकित्सकको मात्र हस्ताक्षर थियो ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।