यी हुन् सञ्चारकर्मी ढकालको हत्यामा संलग्नहरु, यसरी भयो हत्या

केशब समर्पण
५ माघ २०७५ ०४:३०

हेटौंडा–पुस २५ गते मकवानपुरका सञ्चारकर्मी तथा शिक्षक मनोहर ढकालको हत्यामा संलग्न रहेको दाबीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज पत्रकार सम्मेलन गरी चार जनालाई सार्वजनिक गरेको हो । हत्यामा संगल्न रहेको भन्दै हेटौंडा–११ का १९ वर्षीय अनमोल पुडासैनी, मनहरी गाउँपालिका–१ क २८ वर्षीय प्रविण वाइबा रहेका छन् । यी दुई जना हत्यामा प्रत्यक्ष संलग्न रहेको प्रहर।ीले जनाएको छ ।

हेटौंडा–१ भैरवडाँको जंगलमा रहेका यी दुईसँग ढकालको सामान्य कुरामा भनाभन हुँदा मोटरसाइकलसहित ढकाललाई धकेली मोबाइल र सुन र पर्सबाट पैसा निकालेर उनीहरु फरार रहेको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए । ढकालको मोबाइल खरिद गर्ने भीमफेदी ६ का दिनेश थापामगरलाई पनि पक्राउ गरिएको छ ।

जो हेटौंडा–१० मा रहेका दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालकसमेत हुन् । त्यसैगरी ढकालको औंठी खरिद गर्ने नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा–२ का ४८ वर्षीय नारायणबहादुर सुनारलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया