समाज

सौन्दर्यकर्मी युनियनमा सिटौला

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरकमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएका छन् । हेटौंडामा शनिबार भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिव लक्ष्मी उप्रेती मैनाली, सहसचिव सुभद्रा खड्गे, कोषाध्यक्ष सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना...बाँकी

१ सय ४३ योजना मार्फत सडक र शहरी संरचना निर्माण गरिँदै

हेटौंडा/शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोक र दोलखा समेत गरी तीन जिल्ला मार्फत आफ्नो योजनाहरु अगाडी बढाइरहेको छ । यस कार्यालयले सिन्धुलाल्चोकमा ८६, दोलखा जिल्लामा १६ वटा र काभ्रेपलाञ्चोक जिल्लामा ४१ गरी तीन जिल्लाको लागि कुल ४१ करोड ७० लाख लागत बराबरको १ सय ४३ वटा योजना चालु आर्थिक...बाँकी

उपभोक्ता हित संरक्षण मञ्च वागमती प्रदेश अध्यक्षमा विष्ट

हेटौंडा÷उपभोक्ता हित संरक्षण मञ्च नेपालको वागमती प्रदेशको अध्यक्षमा सामुदायीक प्रहरी सेवा केन्द्र हेटौडाका अध्यक्ष राम विष्ट सर्बसम्मत चयन हुनुभएको छ । नवगठित प्रदेश कमिटीको उपाध्यक्ष वेद वहादुर खांड धादिङ, सचिव सूर्य बोहरा चितवन, सहसचिव इन्द्र भुजेल सिन्धुली, कोषाध्यक्ष जुना श्रेष्ठ मकवानपुर र सदस्यहरु नविन कार्की रामेछाप, कुमार लगुन दोलखा, कमल...बाँकी

हेटौंडा–काठमाडौं अब ५५ किलोमिटर छोटिने

प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोडिने कम दुरीको मार्गअन्तर्गत् भैंसेदेखि भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ । भीमफेदीदेखि कुलेखानी हेबीसम्मको जटिल १६ किमि बाटोलाई ३।२१ किमि सुरुङ निर्माण गरी सहज बाटो बनाएर बाटोको दुरी कम गर्ने, कुलेखानी हेबीदेखि सिस्नेरीसम्मको ६ किमि बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको...बाँकी

वनकरिया समुदायका बालबालिका शिक्षाको पहुँचमा

हेटौंडाः वनकरिया मकवानपुर जिल्लामा मात्र बसोबास गर्ने जाति हो । वनकरियाहरु मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ४ मुसेधाप बस्ने गदर्छन् । उक्त वस्तीमा करिब साढे २ दशकबाट छाप्रो बनाएर बस्न थालेका हुन् । उक्त बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जंगलमा बस्दथे भने हाल २१...बाँकी

बागमती ३ को आधा दर्जन गाउँमा बल्यो बिजुली

पुर्वी मकवानपुरको साविक राइगाउँ गाविस वडा नम्बर (८ र ९) हालको बागमती गाउपालिका वडा नम्बर ३ घट्टा डाँडामा विद्युत सेवा बिस्तार भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकासँग सीमाना जोडिएको उक्त गाउँमा बागमती गाउपालिका अध्यक्ष सर्केस घलान (मधु)ले स्वीच दबाएर बिजुली बत्तीको उद्घाटन गरेको वडाध्यक्ष बल बहादुर पाख्रिनले जानकारी दिए ।...बाँकी

बागमती ८ मा सिङ्गो गाउँ नै माओवादीमा प्रवेश

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित माथिल्लो साततले गाउँ नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । पार्टी वडा अध्यक्ष पुर्णसिं थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँमा रहेका ३५ घरका एकसय पाँच जना माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमासिं पाख्रिनले बताउनुभयो । राप्रपा र काँग्रेसमा...बाँकी

थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

बागमती प्रदेश दुग्ध विकास बोर्डले दुग्ध उत्पादक कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण गर्नुका साथै थुनेलो रोगबाट बच्न स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा प्रदेश भित्र दुध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुर, चितवन र काभे्रका किसानहरुलाई लक्षित गरि स्थलगत रुपमा कार्यक्रम आयोजना...बाँकी