मकवानपुरमा आज २२ जनामा कोरोना पुष्टि भएको छ । असोज २ गते सङ्कलन गरिएको १२६ स्वाब नमूना परीक्षण गर्दा आज दिउँसा २२ जनामा कोराना पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखा हेटौंडाले जनाएको छ । आज हेटौंडा उपमहानगरपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका वडा नम्बर ४ का ६ जना, वडा नम्बर...बाँकी
कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत करिब २४ वर्षीया पत्रकार निर्मला पहराई मृत भेटिएकी छिन् । घोडाघोडी नगरपालिका–५ मा रहेको फुलबारी सामुदायिक जंगलमा झुण्डिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उनी रेडियो कैलालीमा पाँच वर्षदेखि समाचार वाचिका एवं समाचार कक्षमा कार्यरत...बाँकी
कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयको शनिबारको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ७ जना महिला र ४ जना पुरुष रहेको बताए । मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६...बाँकी
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । २४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका...बाँकी
नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । यसैगरी पछिल्लो २४...बाँकी
शुक्रबार मात्र कोरोना संक्रमण भएको खबर थाहा पाएका बकैया गाउँपालिकामा कार्यरत एकजना इन्जिनियरको आज दुर्घटनामा मृत्यु भएको छ । बकैया गाउँपालिकामा भुकम्प प्राधिकरणको तर्फबाट कार्यरत रहेका इन्जिनियर दिपेन्द्र अधिकारीको आज मकवानपुरको रजैयामा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । बकैयामानै आइसोलेसनमा बस्नु भन्दा घरमा बस्न आउनु भन्ने, यता स्याहार हुन्छ भन्ने...बाँकी
पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड –१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १र१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृत्यु हुनेमध्ये सर्लाहीका ६० वर्षका पुरुष छन्। पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका उनको शुक्रवार...बाँकी
मञ्जुश्री असाहय संरक्षण केन्द्र हेटौँडा शाखाले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा भेटघाट तथा परिचयत्मक कार्यक्रमा सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले महिला तथा बालबालिकामा हुने हिंसा र शोषणको अन्तय गरौँ भन्ने मुल नारा सहित स्थापित संरक्षण केन्द्रको हेटौँडा शाखालाई शुभकाना दिएका छन् ।...बाँकी