मकवानपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि

गुगलपाटी संवाददाता
४ आश्विन २०७७ ०९:४१

मकवानपुरमा आज २२ जनामा कोरोना पुष्टि भएको छ । असोज २ गते सङ्कलन गरिएको १२६ स्वाब नमूना परीक्षण गर्दा आज दिउँसा २२ जनामा कोराना पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखा हेटौंडाले जनाएको छ ।

आज हेटौंडा उपमहानगरपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका वडा नम्बर ४ का ६ जना, वडा नम्बर ६ का २ जना, मनहरी गाउँपालिका वडा नम्बर ६ का १ जना र वडा नम्बर ७ का १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै आज ८ जना कोरोना सङ्क्रमतिहरुको पुनः परीक्षण गर्दा कोरोनाको रिपोट पोजेटिभ आएको छ ।