समाज

बागमती प्रदेशका नेकपाका सबै सांसदको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

नेपाल कम्युनिस्ट पार्टीका नेकपा बागमती प्रदेशका सबै प्रदेश सभा सदस्यको दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडलले सामाजिक संञ्जालमार्फत प्रदेशको मन्त्रिपरिषद्का सदस्यहरू नेकपाका सबै सांसदको दसैं भत्ता बापत आएको रकम बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा...बाँकी

कोरोना अपडेटः संक्रमित संख्या ४ करोड नाघ्यो, खोप आउनुअघि नै २० लाखको मृत्यु हुनसक्ने

विश्‍वभर कोरोनाभाइरस संक्रमितको संख्या सोमबारसम्म ४ करोड नाघिसकेको छ । यो संख्या सोमबारसम्म ४ करोड ३ लाख २५ हजार भन्दा बढी छ । पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम बढेपछि यो संक्रमण झन् फैलनसक्ने विज्ञहरुले बताएका छन् । रोयटर्सका अनुसार विश्‍वभर संक्रमितको संख्या ३ करोडबाट ४ करोडसम्म पुग्न जम्मा ३२ दिन...बाँकी

२४ घन्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण, १८ को मृत्यु

नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा...बाँकी

मकवानपुरमा आजै मात्र फेरि २४ जनामा कोरोना पुष्टि

मकवानपुरमा आज १ सय १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज बिहान हेटौँडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा ३५ जना तथा चितवनका भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा रहेको प्रयोगशालामा ५५ गरि ९० जनामा संक्रमण पुष्टि भएको थियो । आजै हेटौँडाको प्रयोगशालामा भएको परिक्षणको दोश्रो...बाँकी

‘भाइरसले भोक नलाग्‍ने बनाउने भए पो’

काठमाडौँ — घटस्थापनाको दिन । खुलामञ्चस्थित बसपार्क । कोरोना भाइरसको रजगज नभएको भए यहाँ खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो, दसैं मनाउन थातथलो पुग्नेहरूको लावालस्कर हुन्थ्यो । यतिबेला गाडी र मान्छे सरोबरी छन् । दसैंको मुखमा यात्रु नपाएर गाडी चिलबिल भएको यसअघि सायदै देखिएको थियो । राजधानीको खुलामञ्चमा वितरित खाना खान बसेका ६५ वर्षीय काइँला तामाङ पत्नी...बाँकी

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख मिल्ने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य...बाँकी

हेटौंडा बजार भिड, व्यापार छैन

हेटौंडाः कोरोना संक्रमणबीच सरकारले लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको छ । लकडाउनका कारण झण्डै ६ महिनासम्म ठप्प भएको बजारमा खुकुलो संगैं हाल बजारमा दशैको समयमा सर्वसाधारण देखिन थालेका छन् । आर्थिक गतिविधि खासै नभएपछि खुकुलो भएको बजार बन्द नगर्न व्यवसायीहरु संग आग्रह गर्छन् । पछिल्लो समय ६ महिना देखि...बाँकी

मकवानपुरमा महिला र बालबालिका हराउने क्रम घट्यो

कुमारी स्याङ्बो हेटौंडाः मकवानपुर जिल्लामा महिला तथा बालबालिका हराउने क्रम पहिला भन्दा घटेको छ । लकडाउनको कारण पनि महिला तथा बालबालिकाहरु हराउने संख्या कम भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाइएको छ । एक ठाँउबाट अर्को ठाँउमा सवारीसाधन आवातजावत नभएको कारण पनि घटेको हो । मकवानपुर जिल्ला भारतसंग नजिक भएको कारण...बाँकी