बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ६७७२५ हजार पुग्यो
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या साढे ६७ हजार भन्दाबढी पुगेको छ ।
प्रदेशमा सोमबार थप २ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या साढे ६७ हजार भन्दा बढी पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६७ हजार ७२५ जना पुगेको मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ४२ हजार २९६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने संक्रमणबाट हालसम्म ३४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेशमा हाल २५ हजार ८८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
प्रदेशमा हाल ३०५ जना क्वारेन्टाइनमा, १ हजार ४०६ जना होम क्वारेन्टाईनमा, ३ हजार ७४४ जना आइसोलेशनमा र १७ हजार २२५ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।