मकवानपुर उधारो बाणिज्य संघमा विवाद
गुगलपाटी संवाददातानिर्वाचनको मिति नजिकिएसँगै मताधिकारको विषयलाई लिएर मकवानपुर उद्योग बाणिज्य संघमा विवाद बढेको छ । संघको बिधान र पुरानो नजिर र निर्णयका आधारमा संघका ९ जना साधारण सदस्यले एशोसिएट सदस्यता कायम राख्न दिएको निवेदनमा कार्यसमिति बैठकको निर्णयलाई लिएर विवाद बढेको हो ।संघको कार्यसमिति बैठकको निर्णयलाई लिएर ९ जना साधारण सदस्यले एशोसिएट सदस्यता कायम राख्न जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक जिल्ला प्रमुख अधिकारी ढोलकराज अधिकारीलाई निवेदन दिएका हुन ।
सेवा उद्योग तथा वाणिज्यतर्फका उद्योगी तथा व्यवसायीले आवस्यक कागजात पत्र संलग्न राखी विधानको दफा ८ बमोजिम एशिसिएटमा परिमार्जन गर्न मणि खाद्यान्न सेन्टरका सञ्चालक काव्यमणि अधिकारी, बानियाा ट्रेडर्सका सञ्चालक राजेश बानियाा, ओम बाबा बैद्यनाथ भण्डारका प्रालि सञ्चालक सुदर्शन खरेल, ए एण्ड ए इन्टरप्राइजेनका सञ्चालक अरुण कुमार दाहाल, आर वि आर्वान विल्डर्स एण्ड सप्लार्य पालिका सञ्चालक राजेश भेटवाल, शिवशक्ति ट्रेडर्सका सञ्चालन जानुका नेपाल, रोहनी हाउजिङ एण्ड सप्लायर्सका सञ्चालक विष्णु प्रसाद घिमिरे, स्वस्तिक डेभलपर प्रालिका सञ्चालक भिम प्रसाद तिमल्सिना र स्यार्सेकालिका पेट्रोलियमका सञ्चालक गोकर्ण प्रसाद पराजुली लगायतले निवेदन दिएका थिए ।निवेदकहरुक निवेदन कार्यालय प्रमुखले तोक लगाई दस हजार रुपैयाँको दरले आवश्ययक दस्तुर बुझाई सकेको काव्यमणी अधिकारीले जानकारी दिए ।मकवानपुर उद्योग वाणिज्य संघको विधान २०५१ दफा ५ बमोजिम सदस्यता लिई उद्योग व्यापार क्षेत्रमा आफूहरु काम गर्दै व्यापारी तथा उद्योगीको क्षेत्रमा हक हितको बारेमा वकालत गर्दै आइरहेको उनले बताए । १६ पौषमा संघको कार्यसमितिको बैठक बसी सदस्यता स्वीकृति गरेको तर निर्वाचन प्रक्रियाम सहभागी हुन नपाउने गरि एकल निर्णय गरेकोले आफूहरु अन्यायमा परेको उनले बताए ।उनले भने,‘विधानको दफा ११(७) मा संघको सदस्यता प्राप्त गरेको मितिले निर्वाचन हुने मिति सम्ममा पूरा एक वर्ष (३६५) दिन पुगेको सदस्यहरुले मात्र मतदान गर्न पाउने छन् भन्ने व्यवस्थालाई टेकेर हामी हामी विगत वर्ष देखी नै संघको सदस्यता कायम भएको तर विधानको दफा ८ मा भएको व्यवस्था बमोजिम एशोसिएट सदस्य हुन चाहेको अवस्थामा कार्यसमितिले विधान विपरीत र प्रचलित कानुन विपरीत निर्णय गरेको हुँदा हामीलाई अन्याय भएको छ ।’
‘हामीले सदस्यता शुल्क तिर्दा हामीलाई संघले पुरानै सदस्यता नम्बरबाट रसिद समेत दिएको छ । संघको विधानले तोकेको व्यवस्थालाई आफू खुसी आफू अनुकुल निर्णय गरेको हुादा उक्त निर्णयलाई तत्काल खारेज गरि आसन्न पुस २७ गतेको निर्वाचनमा एसोसिएट तर्फ दफा ८ ले तोकिए बमोजिम सदस्यता कायम गराई मतदान गर्न पाउने अधिकार सुरक्षित गर्न हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौं ।’ उनले भने । उनी लगायतका निवेदकहरुले प्रमाण स्वरुप संघमा पेस गरेको निवेदनहरु, सदस्यता शुल्कको नगदी रसिद, पुस १६ मा गरेको कार्यसमितिको निर्णय प्रतिलिपी र संघको विधान लगायतका कागजात सहित निवेदन दिएका छन् । सो क्रममा सहायक जिल्ला प्रमुख अधिकारी अधिकारीले जिल्ला प्रमुख अधिकारीसाग समन्वय गरि छलफलका लागि जानकारी गराउने बताए ।