समाज

वाग्मती प्रदेशको सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद

वाग्मती प्रदेशको सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद हुँदा पछिल्लो समय दैनिकजसो प्रदेशसभाको बैठक प्रभावित भइरहेको छ । प्रदेशको राजधानी हेटौंडामा जारी सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद भएपछि तीनदिनदेखि प्रदेशसभा बैठक प्रभावित भइरहेको छ । नेकपा संसदीय दलको बैठकमा बजेटको बाँडफाँडको विषयलाई लिएर विवाद हुँदा बुधबार दिउँसो २ बजेका...बाँकी

कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

नेपालमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ सय ९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको मन्त्रालयका...बाँकी

सुनको मुल्य घट्यो

नेपाली बजारमा आज बिहिबार सुनको मुल्यमा गिरावट आएको छ । बिहीवार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजाबी सुन प्रति तोला ९० हजार ५ सय...बाँकी

मनहरी गाउँपालिका द्धारा विद्यालयलाई अनुदान

लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिका अन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई २१ लाख ५२ हजार रुपैयाँ रकम अनुदान दिने निर्णय गरेको हो । गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले विद्यालयको...बाँकी

बागमती प्रदेशमा ४ सय ५३ जनामा कोरोना पुष्टि

बागमती प्रदेशमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बुधारबार सबै भन्दा बढी चितवनमा १२ जना, काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जना र सिन्धुलीमा १ गरि कुल ३० जनामा संक्रमित थपिएको बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ । जसमध्ये ११ जना महिला...बाँकी

लकडाउन अवधिमा आयल निगमलाई ३ अर्ब नाफा

लकडाउनको तीन महिनाको अवधिमा तेल अस्वाभाविक बढी मूल्यमा बेचेर ३ अर्ब नाफा आर्जन गरेको आयल निगमले पुनः इन्धनको मूल्यवृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशन ९आइओसी०बाट नयाँ मूल्यसूची आएपछि भाउ समायोजन गर्ने गरेको निगमले मंगलवार आश्चर्यजनक रुपमा मूल्यवृद्धि गरेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर...बाँकी

चट्याङ लागेर चार जनाको मृत्यु

बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।...बाँकी

४५ जनाले गरे रक्तदान

हेटौंडामा क्रियाशिल ३ वटा लायन्स र लियो क्लवको सयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ र लियो क्लव अफ हेटौंडा मल्टिभिजनको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । हेटौंडाको रक्तसञ्चार केन्द्रको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान...बाँकी