माओवादी केन्द्र हेटौंडाको भेला तथा सम्मेलन हुँदै
गुगलपाटी संवाददाता हेटौंडानेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका कमिटीको पूर्ण बैठक आज बुधबार भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा नगर कमिटी अध्यक्ष तिर्थ थापा मगरको अध्यक्षतामा बैठक भएको हो । बैठकले भदौ मसान्तभित्र नयाँ सदस्यता बितरण र सदस्यता नविकरण सम्पन्न गर्ने निर्णय गरेको छ । साथै नगरभरी पार्टी सेल, टोल कमिटि गठन, बिस्तार तथा भेला पनि भदौ मसान्तभित्र गरिसक्ने बैठकले निर्णय गरेको छ ।
नगर कमिटी अध्यक्ष मगरले असोजको एकदेखि दश गतेसम्म १९ वटै वडाको सम्मेलन गर्ने भएको बताए । उनका अनुसार १ र २ नम्बर वडाको १ गते, ३ र ४ नम्बर वडाको २ गते, ५ र ६ नम्बर वडाको ३ गते, ७ र ८ नम्बर वडाको ४ गते, ९ र १० नम्बर वडाको ५ गते सम्मेलन हुने भएको छ । त्यस्तै ११ र १२ नम्बर वडाको ६ गते, १३ र १४ नम्बर वडाको ७ गते, १५ र १६ नम्बर वडाको ८ गते, १७ र १८ नम्बर वडाको ९ गते र १९ नम्बर वडाको १० गते सम्मेलन गरिने मगरले जानकारी दिए । जनवर्गीय संगठनहरुको पनि भाद्र मसान्तभित्र भेला,सम्मेलन सम्पन्न गर्ने उनले बताए । ‘यो महिनाभर पार्टी प्रवेश कार्यक्रमलार्य पनि अभियानको रुपमा सञ्चालन गर्ने तयारी छ’, मगरले भने ।
बैठकमा पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, प्रदेश कमिटी सदस्य ललित घलान, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), उपमहानगरपालिका कमिटी इन्चार्ज विवेक राई, जिल्ला सदस्य निबन्ध लामा लगायतको आतिथ्यता रहेको थियो ।