हेटौंडा १२ नम्बर वडाले दियो २० विद्यार्थीलाई छात्रबृत्ति

गुगलपाटी संवाददाता
१८ असार २०७८ १३:३६

हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयले उच्च शिक्षा अध्ययनरत वडा भित्रका २० जना विद्यार्थीलाई शुक्रबार छात्रबृत्ति प्रदान गरेको छ । कार्यालयले एक कार्यक्रमका बीच उनीहरुलाई जनही दश हजार रुपैयाँका दरले दुई लाख रुपैयाँ छात्रबृत्ति रकम प्रदान गरेको हो । वडाभित्रका जेहेदार तथा बिपन्न विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको वडा अध्यक्ष ललित घलानले बताए ।
छात्रबृत्ति रकम बितरण कार्यक्रममा वडा अध्यक्ष घलान सहित कार्यपालिका सदस्य रुक्मिणी गुङ्बा, वडा सदस्यहरु भुवन खनाल, लिला बिक, ज्ञान बहादुर श्रेष्ठ, वडा सचिव श्याम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।