समाज

गौरीटार आइसोलेशनलाई ब्यवसायी गौतमको सहयोग

हेटौंडा ६ का युवा ब्यवसायी बिजय गौतमले हेटौंडा १६ स्थित गौरीटार आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई खाद्यान्न सहयोग गरेको छ । उनले आइसोलशनमा पुगेर दश किलो कुखुराको मासु, सात क्रेट अण्डा र तीन केजी च्याउन सहयोग गरेका हुन् । हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई र वडा सदस्य राजकुमार...बाँकी

बागमती प्रदेशमा रिक्तरहेको राष्ट्रिय सभा सदस्यपदको उपनिर्वाचनको मनोनयन दर्ता

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री राम बहादुर थापा बादलले उमेद्घवारको मनोनयन दर्ता गराउनु भएको छ । हेटौंडा ५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर बादलले मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्ताका लागि बागमती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेता...बाँकी

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई सुविधा सम्पन्न एम्बुलेन्स

हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत सुविधा सम्पन्न एम्बुलेन्स सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई सोमबार आयोजित एक कार्यक्रम बिच हस्तान्तरण गरेका छन् । १४ लाख ५० हजार लागतको एम्बुलेन्स बाँनियाकी आमा नर्बदा बानियाँ र वडाध्यक्ष बानियाँले...बाँकी

माओवादी केन्द्रको हेटौंडा १३ मा वडा कार्यालय उद्घाटन

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडाको सम्पर्क कार्यालयको आज उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र मकवानपुरकी इन्चार्ज कुमारी मोक्तानले कार्यालय उद्घाटन गर्नुभएको हो । उहाँले कार्यालय उद्घाटन गर्दै कोभिड १९ संक्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन र समस्यामा परेकाहरुलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...बाँकी

प्रहरी सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे

सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडाको मुख्य बजारमा मास्क वितरण गरिएकोछ । मकवानपुरमा कारोना भाइरसको संङक्रमण बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे मास्क बितरण गर्न थालेको हो । विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक...बाँकी

हेटौंडा १२ मा खुल्यो माओवादी केन्द्रको कार्यालय

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीस्थित हात्तिगौंडामा नेकपा माओवादी केन्द्रको वडा पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले आज आइतबार कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी शार्मा ओलीले धोका दिँदैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने बताउनुभयो । ‘आन्दोलनको बहाक...बाँकी

जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई सम्मान

नेकपा मकवानपुर (दाहाल नेपाल) पक्षले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा भएको कार्यक्रममा जनयुद्ध, जनआन्दोलनका सहित तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो । फागुन २१ गते राज्य पक्षबाट हत्या गरिएका दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्ठ भएको दिन फागुन २१ गतेको सम्म एक साता...बाँकी

कमिशन प्रथाको बिरोधमा बिरोध प्रर्दशन

नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समितीले सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिशन प्रथाको बिरोधमा धरानमा प्रर्दशन गरेको छ । सम्बन्धित पक्षले कमिशन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने माग राख्दै महासंघले बिरोध ¥याली तथा बिरोध सभा आयोजना गरेको हो । बिरोध सभालाई सम्बोधन गर्दै...बाँकी