स्काउटको बागमती प्रदेश समितिबाट निशुल्क चिकित्सकीय परार्मस सेवासुरु

गुगलपाटी संवाददाता
९ जेष्ठ २०७८ १३:३२

नेपाल स्काउटको बागमती प्रदेश समितिले विश्वव्यापी संक्रमणले देशलाई संकटको घडीमा कोरोना संक्रमित र अन्य बिरामीहरुका लागि निशुल्क चिकित्सकीय परार्मस सेवा सुरुगरेको छ ।
नेपालमा युवाहरूलाई जिम्मेवार नागरिक बनाउन, युवाहरूकोे भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य एवं बालबालिका तथा युवा वर्गको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने उदेश्यले स्थापना भएको नेपाल स्काउटको बागमती प्रदेश समितिले विश्वव्यापी संक्रमणकालिन संकटकोघडीमा कोरोना संक्रमित र अन्य बिरामीहरुका लागि निशुल्क चिकित्सकीय परार्मस सेवा सुरुगरेको हो ।


निशुल्क सेवासुरु गरेको आएको स्काउटले देशका बिभिन्त्र प्रमुख शहरहरुमा हेल्पडेस्क संचालन गरिरहेको छ भने बागमती प्रदेश समितिले प्रदेशका बिभिन्त्र स्थानमा हेल्पडेस्क संचालन गरिरहेको र सामाजिक दुरी कायम गरि मोबाइल हेल्प डेस्क संचालन गरी सरकारलाई सहयोग गर्न तयारी गरेको बागमती प्रदेशमा स्काउट कार्यालय प्रमुख शोभा लामिछानेले बताउनु भयो ।
नेपाल स्काउट बागमती प्रदेशमा स्काउटिङ्ग शिक्षाका माध्यमबाट बालबालिका तथा युवाहरुलाई भातृत्व भगिनित्व, जिबनोपयोगी शिप लगाएतका अनौपचारीक शिक्षादिदै विविध क्रियाकलापहरु संचालन गर्दै आइरहेको नेपाल स्काउटको बागमती प्रदेश समितिले निशुल्क चिकित्सकीय परार्मस सेवा सुरुगरेसंगै सरकारलाई आवश्यक पर्दा सुरक्षा निकायहरुको समन्वयमा टास्क फोर्स तयारगरी विशेष अवस्थामा बिरामी लाने लैजाने देखि शव व्यवस्थापन सम्मका कार्यहरु गर्न तयार रहेको नेपाल स्काउट बागमती प्रदेश संयोजक केशरत्न बज्राचार्यले बताउनु भयो ।
नेपाल स्काउटको स्थापना वि.सं. २००९ सालमा भएको हो । मुलुकका रहेको सबै भन्दम ठुलो नेटवर्क र धेरै सदस्यहरु रहेको देशका ७७ वटै जिल्लामा क्रियाशील संस्था हो । अनुशासन, साहस एवं सहयोगलाई मूल मन्त्र मानेर अघि बढ्ने स्काउटले –कब्ब्राउनी स्काउट ७ देखी १० वर्ष,ब्वाय गल्र्स स्काउट ११ देखी १५ वर्ष र रोभर, रेञ्जर स्काउट १६ देखी २५ वर्ष उमेर समुहका मानिसलाई समेट्ने गरेको छ । नेपाल स्काउट बागमती प्रदेशका संरक्षकको रुपमा मुख्यमन्त्री पौडेल रहनु भएको छ ।