सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई सुविधा सम्पन्न एम्बुलेन्स
गुगलपाटी संवाददाताहेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत सुविधा सम्पन्न एम्बुलेन्स सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई सोमबार आयोजित एक कार्यक्रम बिच हस्तान्तरण गरेका छन् ।
१४ लाख ५० हजार लागतको एम्बुलेन्स बाँनियाकी आमा नर्बदा बानियाँ र वडाध्यक्ष बानियाँले संयुक्त रुपमा बागमती प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी बसन्त लामा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरका अध्यक्ष राम बिष्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बाँनियाले आफ्नो स्वर्गीय हजुरबुवा तेज सिंह बाँनिया स्वर्गीय बिरेन्द्र बहादुर बाँनियाको स्मृतिमा बानियाँ परिवारले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग हुने उद्धेश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।उनले भने “ ‘मैले अघिल्लो बर्ष सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यक्रममा एम्बुलेन्स सहयोग गर्ने उदघोष गरेको थिए, म जनप्रतिनिधि भएको नाताले नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भन्दै एम्बुलेन्स हस्तान्तरण गरेको हुँ” ।
कार्यक्रममा वडा अध्यक्ष बानियाँले आफुहरुले हजुरबुवा तथा बुवाको नाममा एम्बुलेन्स सहयोग गर्न पाँउदा निकै खुसी लागेको बताउदै अब यसलाई व्यवस्थित तरिकाले संचालन गर्ने जिम्मा सामुदायिक प्रहरी सेवा केन्द्रको हो आवश्यक परेको खण्डमा अन्य सहयोग गर्ने आफुहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरका अध्यक्ष राम बिष्टले एम्बुलेन्सलाई सामुदायिक सेवा केन्द्र मकवानपुर हेटौडाको एम्बुलेन्स संचालन नियमावली २०७८अनुसार संचालन गरीने बताउनु भयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरका अध्यक्ष बिष्टले यो एम्बुलेनसबाट धेरै घाईते तथा बिरामीहरुलाई उपचारको लागी अस्पताल लैजान ठुलो सहयोग पुग्ने बताउदै दाता बानियाँ परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआइजी लामाले एम्बुलेन्स प्राकृतिक प्रकोप एवं दुर्घटनामा उद्धार तथा सामाजिक सेवामा प्रयोग गरिने बताए ।
सामाजीक दुरी कार्यम गरी आयोजना गरीएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, जिप्रका मकवानपुरका प्रहरी निरीक्षक चुडाकुमारी खड्का, अविनाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।