स्काउट हेटौंडा उपमहानगर समितिलाई जेसीआई हेटौंडा लेडीको सहयोग

गुगलपाटी संवाददाता
२० जेष्ठ २०७८ १२:१३

स्काउट हेटौंडा उपमहानगर समितिको संयोजनमा सुरु भएको एकै घरका धेरै संक्रमित भएका र आर्थिक अवस्था कमजोर भएका ब्याक्तीहरुको घरघरमा पुगेर डिसइनफेक्सन गर्ने कार्यक्रमलाई जेसीआई हेटौंडा लेडीले सहयोग गरेको छ ।
हेटौंडा ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा नेपाल स्काउट हेटौंडा उपमहानगर समितिको संयोजक दिपेन्द्र रोक्का तथा कार्यक्रम समायोजक एव नेपाल स्काउट बागमती प्रदेश अशोक सारुलाई डिसइनफेक्सनको लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिती सिग्देलले आवश्यक परेको खण्डमा वडाबाट हुने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हेटौंडा लेडी जेसिज र नेपाल स्काउटलाई धन्यवाद ब्यक्त गरे ।
नीभव पोलिकिक्लिक र मकवानपुर भेट एण्ड डाइग्नोसिस सेन्टर हेटौंडा ७ बाट प्राप्त पिपिई ,औषधी फेस शिल्ड लगायत करिब ५० हजार रुपैया बराबरको सहयोगलाई मानव सेवाका लागी उपलब्ध गराउने काममा हेटौंडा लेडी जेसिजले समन्वय गरेको र आवश्यक अन्य सहयोग गर्न लेडि जेसिज सधै तयर रहेको अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन ।
सहयोग सामाग्री ग्रहणगर्दै कार्यक्रम संयोजक अशोक सारु मगरले सहयोगि हातहरुलाइ धन्यवाद दिदै नेपाल स्काउटले सुरु गरेको यस अभियानलाई सहयोग गर्नु हुने हेटौंडा लेडि जेसिज लागायत अन्य महानुभाव प्रती आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता सहयोगहरुको अपेक्षा रहेको बताए ।
कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर,नेपाल स्काउट हेटौंडा उपमहानगर समिति संयोजक दिपेन्द्र रोक्का, जेसीआई हेटौडा लेडी शाखा अध्यक्ष जेसी प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष जेसी रश्मी बस्नेत, हेटौंडा जेसिजका अध्यक्ष जेसीआई सिनेटर लिसेन बस्नेत, , कार्यक्रम संयोजक मन्जु मैनाली, स्काउट तथा जेसिजका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।