बागमती प्रदेशमा रिक्तरहेको राष्ट्रिय सभा सदस्यपदको उपनिर्वाचनको मनोनयन दर्ता
गुगलपाटी संवाददाता
बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री राम बहादुर थापा बादलले उमेद्घवारको मनोनयन दर्ता गराउनु भएको छ । हेटौंडा ५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर बादलले मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्ताका लागि बागमती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेता सहितको टोली बादलसँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुग्नु भएको थियो ।
बादलको उमेद्घवारीको प्रस्तावकमा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनु भएको छ ।नेकपा एमालेको आधिकारीक उमेद्वार आफु भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेकाले आफ्नो जीत निश्चित भएको वताउनु भयो ।
राष्ट्रिय सभाको उपनिर्वाचनमा साझा साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटाले मनोनयन दर्ता गराइसकेका छन। देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कटेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन ।संबिधानको रक्षा, बिभिन्त्र आन्दोलनबाट प्रप्त उपलब्धीको रक्षाका लागि स्बतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनका साझा उम्मेदवारका रुपमा देवकोटा रहेको जनाईएको छ ।
बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपा उम्मेदवार कृष्ण बहादुर तामाङ्गले पनि मनोनयन दर्ता गराएका छन् । तामाङ्गको उम्मेदवारीको प्रस्तावकमा सांसद सुरेन्द्र राज गोसाई र समर्थकमा सांसद सिर्जना सैज्यु रहेका छन ।
मनोनयन दर्ताको समय साझँ ४ बजे सम्म तोकिएको छ । उक्त पदको लागि आगामी जेठ ६ गते हेटौंडा ४ मा रहेको भुटनदेवि स्कुलको चौरमा मतदान हुनेछ ।