समाज

हेटौंडा–काठमाडौं अब ५५ किलोमिटर छोटिने

प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोडिने कम दुरीको मार्गअन्तर्गत् भैंसेदेखि भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ । भीमफेदीदेखि कुलेखानी हेबीसम्मको जटिल १६ किमि बाटोलाई ३।२१ किमि सुरुङ निर्माण गरी सहज बाटो बनाएर बाटोको दुरी कम गर्ने, कुलेखानी हेबीदेखि सिस्नेरीसम्मको ६ किमि बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको...बाँकी

वनकरिया समुदायका बालबालिका शिक्षाको पहुँचमा

हेटौंडाः वनकरिया मकवानपुर जिल्लामा मात्र बसोबास गर्ने जाति हो । वनकरियाहरु मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ४ मुसेधाप बस्ने गदर्छन् । उक्त वस्तीमा करिब साढे २ दशकबाट छाप्रो बनाएर बस्न थालेका हुन् । उक्त बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जंगलमा बस्दथे भने हाल २१...बाँकी

बागमती ३ को आधा दर्जन गाउँमा बल्यो बिजुली

पुर्वी मकवानपुरको साविक राइगाउँ गाविस वडा नम्बर (८ र ९) हालको बागमती गाउपालिका वडा नम्बर ३ घट्टा डाँडामा विद्युत सेवा बिस्तार भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकासँग सीमाना जोडिएको उक्त गाउँमा बागमती गाउपालिका अध्यक्ष सर्केस घलान (मधु)ले स्वीच दबाएर बिजुली बत्तीको उद्घाटन गरेको वडाध्यक्ष बल बहादुर पाख्रिनले जानकारी दिए ।...बाँकी

बागमती ८ मा सिङ्गो गाउँ नै माओवादीमा प्रवेश

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित माथिल्लो साततले गाउँ नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । पार्टी वडा अध्यक्ष पुर्णसिं थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँमा रहेका ३५ घरका एकसय पाँच जना माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमासिं पाख्रिनले बताउनुभयो । राप्रपा र काँग्रेसमा...बाँकी

थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

बागमती प्रदेश दुग्ध विकास बोर्डले दुग्ध उत्पादक कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण गर्नुका साथै थुनेलो रोगबाट बच्न स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा प्रदेश भित्र दुध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुर, चितवन र काभे्रका किसानहरुलाई लक्षित गरि स्थलगत रुपमा कार्यक्रम आयोजना...बाँकी

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२  मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष...बाँकी

हेटौंडाको आकर्षण : हरियाली र सरसफाई

सरसफाईका हिसावले हेटौंडा देशकै अग्र स्थानमा रहेको छ । हेटौंडा सरसफाईमा उत्कृष्ट काम गर्न स्थानीय तह मध्ये एक हो । जसका कारण हेटौंडा सफा सहरको रुपमा परिचित रहेको छ । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनमा काम सुरु गरेपछि हेटौंडाले महत्वपूर्ण उपलब्धी पनि हात पार्न सफल भएको हो । लामो समयदेखि हुन...बाँकी

पर्यटकीय ‘हब’ बन्दै हेटौंडा

एक दशक अघिसम्म हेटौंडाको व्यवसायीक पर्यटकीय क्षेत्र भन्ने बित्तिकै हेटौंडा–११ नवलपुरको सहिद स्मारक मात्र नाम आउँथ्यो । जिल्लामै स्मारक बाहेक व्यवसायिक पर्यटकीय क्षेत्र नै थिएनन् भन्दा पनि फरक पर्दैनथ्यो । तर आज हेटौंडाको स्मारक मात्र पर्यटकीय क्षेत्र नभई दर्जन बढि पर्यटकीय स्थल बनेको छ । पछिल्लो समय पर्यटनले स्थान विशेष...बाँकी