रोजगार दिने कार्यालय आफै बेरोजगार
गुगलपाटी संवाददाता हेटौंडा,२३ असोज
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८मा रहेको सीप बिकास तथा तालिम केन्द्र स्थानीयहरुका लागि रोजगार प्रदायक कार्यालय नभएपनि यसका कारण रोजगार बन्नेहरुको संख्या धेरै छ ।
यो कार्यालयका कारण स्वरोजगार बन्नेहरुको संख्या उच्च छ तर पछिल्लो समय यही रोजगार दिने कार्यालय अस्तब्यस्त बनेको छ । दशैंको मुखैमा कर्मचारीहरु खाली हात घर जाने तयारीमा छन् । श्रम तथा रोजगार मन्त्रालय माताहतमा रहेको उक्त कार्यालयमा तलब समेत नआउदा कर्मचारी दशैंको मखैमा खाली हात घर जान बाध्य भएका हुन् । दशै लागिसकेपनि तलब नआएपछि खाली हात घर जान पर्दा ज्यादै पीडा भएको सीप बिकास तथा तालिम केन्द्रका प्रमुख युवराज गुरुङ्गले जानकारी दिए । उनले अघिल्लो बर्षसम्म यो अवधीमा दुई सीजनका तालिम संचालन भइसक्ने भएपनि अहिले कार्यक्रम नै नआएका कारण समस्या भएको बताए ।