रामनारायणले भने : हेटौंडाबाट राजधानी फुत्किन सक्छ
गुगलपाटी संवाददाता हेटौंडा,२८ असोज
राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले प्रदेश तीनको राजधानी हेटौंडाबाट बाहिर जान सक्ने संभावना रहेको बताएका छन्। मकवानपुरे समाज काठमाण्डौले बिजया दशमी तथा दिपावली,छठपर्बको अबसरमा आयोजित कार्यक्रममा बोल्दै मकवानपुरे समाजका प्रमुख सल्लाहाकार एबं राष्ट्रिय सभाका सांसद तथा प्रत्योजित ब्यबस्थापन तथा सरकारी आश्वासन समितीका सभापती रामनारायण विडारीले काठमाण्डौमा रहेर मकवानपुरहरुले कर्म थलो बनाई देशकै लागी गरेका सर्घषहरुको चर्चा गरे।
उनले मकवानपुर सबै किसिमले उपयोगी रहेको भन्दै ३ न प्रदेशको राजधानी हेटौडाबाट अन्यत्र सार्नु नहुने बताउँदै हेटौडा सबै किसिमले उपयुक्त भएको भन्दै अब हेटौडालाई प्रदेशको स्थायी राजधानी बनाउन आफुले भरपुर कोशिष गर्ने बताए ।
सो अवसरमा पुर्ब प्राध्यापक बनमाली सुबेदी,बोन ट्राभल्स संचालक बिनोद पौडेल,कृष्णकुमार घलान,अर्जुन गौतम,रबिन्द्र श्रेष्ठ,श्याम बहादुर महत,प्रभात पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।