बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै काँग्रेसी कर्मचारीको मस्ती
गुगलपाटी संवाददाता हेटौंडा,१५ मंसिरनेपाल बिधुत् प्राधिकरणका नेपाली काँग्रेस निकट कर्मचारीहरुले सवारी पास नलिई दुई दर्जन प्राधिकरणको गाडी लिएर शनिबार मस्ती गरेका छन् । सवारी पास नलिई प्राधिकरणको गाडी लिएर नेपाल बिधुत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत दश जिल्लाका बितरण केन्द्रका नेपाली काँग्रेस निकट कर्मचारीहरुले हेटौंडा बजार नजिक भिफेदीस्थित त्रिखण्डीमा बनभोज र भेला गरेका हुन् ।
सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग गर्न पाईदैन । तर उनीहरुले प्रयोग गरेको दुई दर्जन बढि सवारी साधनको पास गुगलपाटी अनलाईका प्रतिनिधिसँग देखाउन सकेनन् । नेपाल बिधुत् प्राधिकरण हेटौंडा क्षेत्रीय समितिको बनभोज तथा भेलामा सहभागि अधिकांस कर्मचारीले पहेँलो नम्बर प्लेटको प्राधिकरणको गाडी दुरुपयोग गरेका हुन् ।
बनभोज खान नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत बीरगंज, भरतपुर, टाँडी, पालुङ, गौर, कलैया, सिमरा, चपुर, हेटौंडा, पोखरीया बितरण केन्द्रका कर्मचारी सहभागि थिए । बनभोज खान गएका अन्य सर्वसाधरणहरुले भने प्राधिकरणका कर्मचारीले सरकारी गाडीको दुरुपयोग गरेकाले कारबाही हुनुपर्ने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ क्षेत्रीय समिति हेटौंडाका अध्यक्ष प्रकाश बस्नेतले कर्मचारी संगठनको भेला भएकाले प्राधिकरणको गाडी प्रयोग गरिएको बताए । प्रायः गाडीको सवारी सवारी पास रहेको उनले बताएपनि कुनै पनि गाडीको सवारी पास देखाउन भने सकेनन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिदाको दिन सकारी गाडी चलाउने कर्मचारीलाई कारबाही हुने बताए ।