‘प्रधानमन्त्रीज्यू, तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो !’
गुगलपाटी संवाददाता मंसिर १७, २०७५ काठमाडौंविवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रले एसिया प्यासिफिक सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरिएको सम्मानको आलोचना गरेका छन् ।
प्रधानमन्त्रीको घाँटीमा झुण्डिएको सम्मान नभइ अपमान भएको मिश्रको तर्क छ ।
यस्तो छ उनको स्टाटस–
प्रधानमन्त्रीज्यु,
यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री ( हामी सबैको प्रधानमन्त्री। देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने?
त्यसमा पनि देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला “नेतृत्व र सुशासन पुरस्कार“ लिन अफ्टेरो लागेन?
कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?
हुनत, बारम्बार जनताकै मत जितेर आउनु भएको हो। संभवतस् हामी नेपाली तपाईंकै लागि योग्य छौं भन्ठान्नुभएको होला। तपाईंको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन।
विवादास्पद कार्यक्रम एसिया प्याससिफक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिडरसिप एण्ड गभर्नेन्स अवार्ड प्रदान गरिएको थियो । ओलीलाई १ लाख डलर राशिको अवार्ड प्रदान गरिएको थियो ।
ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।